• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा ३ करोड रुपैयाँ ठगी गरेर फरार महिला काठमाडौंबाट पक्राउ

"पोखरामा यस्ता ठगीका दर्जनौ घट्ना घटिसकेको छन् कति बाहिर आए कति गुपचुप नै  "
  •      /८ माघ २०७५, मंगलवार ०५:१८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा /पोखरा ५० जना भन्दा बढीबाट ३ करोड रुपैयाँ ठग्ने १ महिलालाई कास्की प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । बागलुङ रणसिङ किटेनीकी सरीताकुमारी रानालाई ठगी आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

    १ महिनादेखि सम्पर्कविहीन सरीता विरुद्ध माघ १ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पहिलो उजुरी परेको थियो । पहिला सापटी माग्ने अनि रकम नभएको खाताको चेक दिने र कसैकसैलाई पैसा नै नदिएर सरीताले झुक्याउँदै आएको पीडितहरुले बताएका छन् ।

    पोखरा महानगरपालिका २६ र २७ का जीतबहादुर पुन, नरमाया थापामगर, तारा पुनथापा, चन्द्रबहादुर सुनार, दिलमाया पुन लगायत १० जनाले आपूmहरु सरीताबाट ठगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका उजुरी दिएका थिए ।

    उनीहरुले उजुरी दर्ता गरेपछि सरीताविरुद्ध अरु पनि उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । हालसम्म ५० भन्दा बढीले आफूहरु ठगिएको भन्दै प्रहरीसँग नाम टिपाएका छन् । घर, घडेरी चाहिएकालाई मिलाइदिने भन्दै सरीताले रकम लिने गरेको पीडितको गुनासो छ ।

    घडेरी किन्ने व्यक्ति खोजिरहेको बेला पोखरा २६ कि दिलमाया पुनको भेट सरीतासँग भयो । सामान्य चिनजानपछि सरीता दिलमायाको घरमा आउजाउ गर्न थालिन् । आउजाउ बढ्न थालेपछि सरीताले दिलमायासँग लेनदेन सुरु गरिन् ।

    पहिला ससानो रकम लैजाँदै फिर्ता गर्दै विस्वास जितेपछि सरीताले दिलमायाबाट १ करोड ७० लाख रकम फुत्काइन् । उक्त रकम बराबरको चेक सरीताले दिइन् पनि । तर जुन बैंकको चेक दिएकी थिइन्, उक्त खातमा रकमै थिएन । पटकपटक बैंक जाँदा रकम नसाटिएको र सरीता पनि सम्पर्क्विहीन भएपछि दिलमायाले प्रहरीको साथ मागेकी हुन् ।

    लेखनाथ बुढी बजारकी नीरा सुनारले पनि सरीताले १९ लाख रुपैयाँ खाएर भागेको उजुरी दिएकी छन् । लेखनाथकै देवी जिसीले पनि आफ्नो ३ लाख रुपैयाँ फँसेको बताएकी छन् । निकै रवाफका साथ लेखनाथको अर्घौंचोकमा सरीता डेरामा बस्दै आएकी थिइन् । नयाँ मोडलको क्रेटा गाडी, ड्राइभर, घरको काम गर्ने सहयोगीसाथ बसेकी सरीताको ठाँट देखेर नै स्थानीय फसेका हुन् ।

    अरु कुनै व्यवसाय नगर्ने उनले अर्घौंचोक आसपासकै व्यक्तिलाई प्रभावमा पारेर ठग्दै आएकी हुन् । ३ करोड रुपैयाँ रकम तिर्न बाँकी रहेको सरीताले प्रहरीसँग स्वीकार गरेकी छन् । व्यवहार बिग्रँदै गएपछि सापटी पनि बढेको र तिर्न नसक्ने अवस्था आएपछि भागेको उनले बताएकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले घटनाको छानबिन भइरहेको बताए ।
    sorce samadhan

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.