• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारले दियो गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकाश

"नयाँ ब्यवस्थापनका साथ सुरु गर्ने योजनामा सरकार  "
  •      /९ माघ २०७५, बुधबार ०७:०१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा / सरकारले गोरखकाली रबर उद्योगका मजदुर र कर्मचारीलाई अनिवार्य अवकाश दिएको छ । माघ ३ गतेबाट लागू हुने गरी उद्योगमा कार्यरत सबै मजदुर र कर्मचारीलाई अवकाश दिने निर्णय सरकारले गरेको थियो ।

    मन्त्रिपरिषदको गत बिहिबार बसेको बैठकले सोही दिनबाट लागू हुने गरी अवकाश दिने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचीव शोभाकान्त पौडेलले बताए ।

    कार्यदलले झण्डै दुई महिना लगाएर तयार पारेको विवरण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पुगेको थियो । मन्त्रिपरिषद बैठकले निर्णय गरेलगत्तै तलव बक्यौता भुक्तानीको काम अघि बढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचीव यामकुमारी खतिवडाले बताइन् ।

    ‘निर्णय भैसक्यो, अब अर्थ मन्त्रालयमा रकम माग गर्ने काम हुन्छ’ उनले भनिन्, ‘अरु संस्थानहरुको जुन मोडलमा गरिएको थियो, रबर उद्योगको अवकाश प्रक्रिया पनि सोही अनुसार अघि बढ्छ ।’

    अवकाशका क्रममा तलव भत्ता बाहेक थप एक महिनाको तलव बराबर अतिरिक्त रकम दिने उद्योग मन्त्रालयको तयारी छ । मजदूर र कर्मचारीले भने तीन महिनाको थप रकम दिनुपर्ने बताउँदै आएका थिए । कर्मचारी र मजदुरको तलव भुक्तानीका लागि अर्थमन्त्रालयमा ९३ करोड रुपैया माग गरिएको उद्योग मन्त्रालय स्रोतले जनाएको छ ।

    उद्योगका २ शय ३८ मजदुर र कर्मचारीलाई बाँकी तलव दिनमात्रै करीव ३० करोड रुपैया लाग्ने देखिएको छ । ५५ वर्षको उमेरहदका कारण अनिवार्य अवकाश पाएका ६५ जनालाई उपदान वापत करीव १० करोड रुपैया दिन बाँकी रहेको छ ।

    देशकै एकमात्रै गोरखकाली रबर उद्योग २०७२ सालको भूकम्पयता पूर्ण रुपमा बन्द रहेको छ । कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय भएपनि उद्योग भने सञ्चालन हुने सरकारले बताएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.