प्रहरी इन्काउन्टरमा तराई मुक्ति मोर्चा अध्यक्ष मारिए
"अब मधेशे जनताले आतंकबाट मुक्ती पाउने भए "
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
सप्तरी। प्रहरी इन्काउन्टरमा सप्तरीमा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । इन्काउन्टरमा मारिनेमा तराई मुक्ति मोर्चाका अध्यक्ष दीपेन्द्र चौधरी रहेका छन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग बिहान ४ः३० बजे रुपनी नजिकै भएको मुठभेडमा चौधरी परेका हुन् । चौधरीले पटकपटक प्रहरीमाथि आक्रमण गरेको, तराईमा आपराधिक गतिविधि, चन्दा असुलीलगायत क्रियाकलापमा संलग्न रहेको आरोप लागेको थियो ।
उनको खोजी कार्य जारी रहेकोमा गोप्य सूचनाको आधारमा पक्राउ गर्न खोज्दा मुठभेडपछि इन्काउन्टर गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए।
Related