विप्लव माओवादीले भारतसँग सीमा जोडिएको सोमेश्वरगढीमा लगायो काँडेतार
"राष्ट्वादी देखाउने काइदा "
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
चितवन–भारतसँग सीमा जोडिएको चितवन माडीको सोमेश्वरगढी सीमा क्षेत्रमा विप्लव माओवादीले मंगलबार काँडेतार लगाएको छ। पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सन इन्चार्ज कृष्ण अधिकारीको नेतृत्वमा गएको अखिल (क्रान्तिकारी) को टोलीले करिब ३० मिटर सीमानामा काँडेतार लगाएको हो।
१९५० देखि अगाडि र पछाडिका भारतसँग भएका सबै सम्झौता खारेजीको माग गर्दै टिस्टादेखि काँगडासम्म सीमा व्यवस्थित गराउन विप्लव माओवादीले माग गरेको छ।
राष्ट्रियता र जनताको जनजीविकाको पक्षमा विप्लव माओवादीले आवाज उठाउँदै आएको भन्दै केन्द्रीय सदस्य कृष्ण अधिकारीले नेपालको सीमा रक्षाका लागि जस्तोसुकै बलिदानी दिन पनि तयार रहेको बताए। उनले सीमा रक्षाका लागि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए।
माडी नगरपालिका–५ सोमेश्वर गढीको ४५ नम्बर पिल्लरमा काँडेतार लगाएर सीमा रक्षाको शुरुआत गरिएको अखिल क्रान्तिकारी का केन्द्रीय महासचिव प्रकाश शाहीले बताए। नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
Related