शुभेच्छा न्यूज संम्वाददाता
पोखरा ।कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले गर्दै आएको ‘क्यान इन्फोटेक मेला’ फागुन १८ गतेदेखि २४ गतेसम्म हुने भएको छ । दसौं संस्करणको उक्त मेला सातौं सिटी रेबान महोत्सव तथा फुड फेस्टिबलसँगको सहकार्र्य हुन लागेको संस्थाका सचिव विकास भूर्तेलले जानकारी दिए ।
मेलामा गुणस्तर वृद्धि भएका प्रविधि ल्याउन लागिएको संस्थाका अध्यक्ष युवराज पौडेलले जानकारी दिए । उनले भने, ‘नयाँ भन्दैमा सबै फेरिँदैनन् । पुरानै फिचरमा गुणस्तर बढेर आउने हो ।’ सूचना र प्रविधि एकै सिक्काका २ पाटा भएको उनले सुनाए ।
मेलामा कम्युटर तथा सूचना प्रविधिसम्बन्धी जानकारी दिइने पौडेलले बताए । ‘यो मेला होइन । प्रदर्शनी हो,’ उनले भने, ‘बेच्नेभन्दा पनि सेवाग्राहीलाई बुझाउने छौं ।’ १ सयभन्दा बढी सूचना प्रविधिसँग सम्बन्धित स्टल रहने संस्थाले जनाएको छ । मेला सफल पार्न २६ उपसमिति गठन गरिएको छ।
मेलामा प्रदेश स्तरीय टाइपिङ प्रतियोगिता, आइटी क्विज कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज, स्थानीय आइटी उत्पादन, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण तथा मोबाइल बिक्री वितरण विशेष रहेको जनाएको छ । ‘टाइपिङ प्रतियोगिताका लागि १० वटा जिल्लाबाट प्रतियोगी छानिएर आउनेछन् /
मेलामा २२ देखि २५ लाख रुपैयाँसम्म खर्च लाग्न सक्ने संस्थाले अनुमान गरेको छ । सबै खर्च कटाएर ३ देखि ५ लाखसम्म बचत गर्ने अनुमान छ /

Related