• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरको चौंथो नगर सभा सुरु

  •      /११ माघ २०७५, शुक्रबार १२:४० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा ११ माघ । पोखरा महानगरपालिकाको चौथो नगरसभा शुक्रबार सुरु भएको छ । पोखरा सभागृहमा सुरु नगरसभामा आठ वटा कानूनका मस्यौदा प्रस्तुत गरिएको भएको छ । नगर सभामा महानगर विधायन समितिका संयोजक शोभामोहन पौडेलले विधेयकहरु सभामा प्रस्ततु गरे ।

    सभामा महानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, नगर खेलकूद विकास, नगर प्रहरी व्यवस्थापन, पर्यटक विकास, पूर्वाधार विकास, सुशासन, आर्थिक ऐन र सहकारी विधेयकको मस्यौदालाई प्रस्तुत भयो ।

    नगरसभामा बोल्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कानूनको अभावमा महानगर अल्झनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै संघ र प्रदेशसँग समन्वय गरी अघि बढिरहेको बताए । उनले नगर सदस्यहरुले मस्यौदा अध्ययन गरेर आवश्यक र महत्वपूर्ण विषय संसोधनका लागि सुझाव दिन अनुरोध गरे ।

    जनताको चाहनाअनुरुप महानगरलाई समृद्ध बनाउन आफूहरु क्रियाशील रहेको बताउँदै उनँले समृद्धि र विकासका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेकामा जोड दिए । उनले मस्यौदा अध्ययनका लािग शनिबार एक दिन समय दिएको बताउदै बैठक आइतबार विहान ११ बजेटसम्मका लागि बैठक स्थागित भएको जानकारी दिए ।

    विधेयकका मस्यौदामाथि विस्तृत छलफल गरी आइतबारै सभाबाट पारित गरिने कार्यक्रम रहेको छ । नगरसभा बोल्दै नेपाली काँग्रेसका सचेतक रामजारज लामिछानेले विधेकका मस्यौदा अध्ययनका लागि एक महिना अगाडी नै दिनुपर्ने बताए । उनले सभामा मात्रै मस्यौदा दिदा अध्ययनका लागि समय कम हुने बताए । महानगरपालिकाले यसअघि ३९ वटा विभिन्न ऐन, कार्यविधि, निर्देशिका र नियमावली बनाइसकेको छ ।

    नगर सभासद्लाई अध्ययनका लागि प्रदान गरिएको प्रस्तुत मस्यौदामाथि आगामी आइतबार छलफल गरी पारित गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । स्थानीय तहको निर्वाचन भएको करिब १९ महिना वितेको छ ।

    १९ महिनाको बीचमा महानगरले दुई पटक बजेट अधिवेशन र एक पटक हिउँदे नगर सभा गरेको छ । नगर सभाबाट पारित भएका कानुनहरु स्थानीय राजप पत्रमा प्रकाशित भएर प्रमुखले प्रमाणित गरेपछि कार्यान्वयनमा आउँछ । यसैवीच नगरसभामा पोखरा महानगरपालिकाले प्रकाशन गरेको त्रैमासिक पत्रिका पोखरा दर्पणको विमोचन गरिएको छ ।

    महानगरको परिचय, निर्वाचित जनप्रतिनिधि आएपछि भएका कार्य, आगामी योजना लगायत महानगरको बारेमा समेटेर तयार पारिएको उक्त पत्रिकाको महानगरका प्रमुख मानबादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले संयूक्त रुपमा विमोचन गरे ।

    मेयरका प्रेस संयोजक माधव प्रसाद बरालको संयोजकत्वमा एकराज गिरी, नवराज सापकोटा, सोम लम्साल र मन क्षेत्री सदस्य रहेको पाँच सदस्यीय सम्पादक मण्डलले उक्त पत्रिका प्रकाशनको जिम्मेवारी पाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.