उपकार बचत तथा ऋण सहकारी सामाजीक उक्तरदायित्व बहन गर्दै गर्यो स्वास्थ्य सचेतना
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता

पोखरा । उपकार बचत तथा ऋण सहकारी संस्थाले १० औ वार्षिकोत्सवको अवसर पारेर शनिवार पोखरा महानगरपालिका वडा नं ६ स्थित स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रकी प्रशिक्षक शारदा पहारी, स्त्री रोग विशेषज्ञ डा. पद्यमराज ढुङ्गाना, मानसिक रोग विशेषज्ञ डा. रवि तिमिल्सिना र पेट तथा कलेजो विशेषज्ञ डा. सुवाष भट्टराईले स्वास्थ्य सम्वन्धि विविध विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रम प्रमुख अतिथि जेष्ठ नागरिक हरिकला पहारीको ब्लड प्रेसर नापेर उद्घाटन गरिएको थियो । उपकार बचत तथा ऋण सहकारी संस्था महिला उपसमिति संयोजक पवित्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य भागिरथी थापाले स्वागत र सहसचिव कृष्णकुमारी पौडेलले संचालन गरेकी थिईन् ।
कार्यक्रममा सहकारीका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
Related