पर्वतको डाँडापाखा भरी सेताम्ये हिउँ,जनजीवन प्रभावित
"हिमपात संगै चिस्सो बढ्यो बालबच्चा र बुढापाका प्रभावित "
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पर्वत/पर्वतका उच्च पहाडी भुभागहरुमा बाक्लो हिमपातका कारण सेताम्मे भएका छन भने तल्लो क्षेत्रमा पनि जनजीवन प्रभावित बनेको छ/
शुक्रवार साँझदेखि जिल्लाको जलजला गााउँपालिकाको लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकहरुमा तीन फिट बाक्लो हिउँ परेको छ ।
धेरै वर्षपछि बाक्लो हिमपात भएको स्थानीयले जानकारी दिएका छन् । पञ्चासेमा आर्थर सम्म नै हिउँ परेको स्थानिय रामकृष्ण गुरुले जानकारी दिए ।
वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाई समेत समस्या भएको छ । हिमपातले गहुँ, आलु लगायत विभिन्न जातका फलफुललाई समेत क्षति पु¥याएको स्थानिय कृषकहरुले जानकारी दिएका छन् ।
गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा गत सोमबार र मंगलबार वर्षा र शुक्रवार साँझदेखि हिमपात भएपछि उपल्लो बस्तीका हिउँदे बाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ । त्यस्तै चिसोले जनजीवन प्रभावित भएको छ ।
Related