दीपक मनाङेले लिए सांसदको सपथ ,प्रदेशसभा सदस्यको संख्या ५९ पुग्यो
/१४ माघ २०७५, सोमबार १३:०७ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । मनाङ ख बाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य राजिब गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनीयताको सपथ लिएका छन्। सोमबार साँझ प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनीयताको सपथ गराएका छन्।
मनाङेले गत पौष ११ गते प्रदेश सभा सचिवालयमा सपथग्रहणको निवेदन दिएका थिए । निवेदन दिएको एक महिना पछि उनले सपथ ग्रहण गरेका हुन्।
यसअघि प्रदेशसभा निर्वाचन ऐनको दफा १६ अनुसार सपथ खुवाउन नमिल्ने प्रतिक्रिया दिएका सभामुख अधिकारीले पुन कानुनी राय र परामर्श लिएर सपथ खुवाएका हुन्।
गतसालको मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा उनी मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका हुन् । उनी निर्वाचित भएलगत्तै पुनरावेदन अदालत पाटनले २०६९ मा ५ वर्ष जेल सजाय तोकेको थियो। त्यतिबेला फरार सूचीमा रहेका उनले मुद्दा ब्यूँतिएपछि सपथ खान पाएका थिएन्।
उनी निर्वाचित भएलगत्तै शपथ लिनुअघि नै कारागार चलान भए । नयाँ फौजदारी संहिताले १० वर्षभन्दा कम सजाय हुने मुद्धामा थुनाबाहिर रहेर मुद्धा लड्न पाउने अधिकार दिएकाले मनाङे सर्वोच्चको आदेशमा पुस ६ गते कारागरमुक्त भएका थिए।
त्यस लगत्तै मनाङेले गत पौष ११ गते प्रदेश सभा सचोवालयमा सपथग्रहणको निवेदन दिएका थिए । निवेदन दिएको एक महिना पछि उनले सपथ ग्रहण गरेका हुन ।
उनको सपथग्रहण सङ्गै गण्डकी प्रदेसमा प्रदेशसभा सदस्यको संख्या ५९ पुगेको छ ।

Related