शुभेच्छा न्यूज संम्वाददाता
गोरखा/ जिल्ला प्रशासन कार्यालय गोरखाले सोमबार बिभिन्न कार्यालयहरुको अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल नेतृत्वको टोलीले धेरै सेवाग्राहीको भीड लाग्नेमध्यका मालपोत कार्यालय, नापी कार्यालय र विद्युत प्राधिकरण कार्यालयको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा सेवा प्रबाहको अबस्था, कर्मचारी उपस्थित, अनुपश्थितको अबस्था र पोशाक लगाएको वा नलगाएको अबस्थाको बारेमा अध्ययन गरिएको सहायक प्रजिअ पुष्पराज पौडेलले जानकारी दिए ।
अनुगमनको क्रममा सात जना अनुपस्थित रहेको पाइएको सप्रजिअ पौडेलले बताए । उनीहरुलाई मंगलबार नै स्पष्टीकरण सोधिने पनि उनले बताए/ अकास्मिक अनुगमन गर्दा सेवा प्रबाहबारे स्पष्ट बुझ्न पाइने भएकाले अनुगमन गरिएको सप्रजिअको भनाइ छ ।
छड्के अनुगमन कार्यलाई आवश्यकता अनुसार निरन्तरता दिदै जाने उनले बताए ।

Related