• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भारतीय नंम्वर प्लेटको गाडिमा प्रदेश सभा पुगे साँसद मनाङे

  •      /१५ माघ २०७५, मंगलवार १२:५८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । गण्डकी प्रदेशको मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे सपथग्रहण गरेको भोलिपल्टै भारतीय नम्वर प्लेटको गाडी चढेर प्रदेशसभा पुगेका छन्।

    सोमवार सभामुख नेत्रनाथ अधिकारीबाट सपथ खाएका मनाङेले गाडी लिएर प्रदेशसभा भएको स्थानमा पुगेका हुन्।मनाङेले गाडी लिएर प्रदेशसभा परिसरमा पुगेपछि त्यहाँ उपस्थित सञ्चारकर्मीहरुले भारतीय नम्वर प्लेटको सवारीका वारेमा जिज्ञासा राख्दा यो गाडि आफ्नो नभएको तर, आफ्नो भाइले प्रयोग गरेको बताएका थिए।

    गाडि भित्र ल्याउन पाउने, नपाउने प्रहरीले हेर्नुपर्ने उनले बताए। भारतीय नम्बरको गाडी प्रदेशसभामा ल्याउन पाउने नपाउने भन्दा पनि दिनको ४ सय ५० रुपैयाँ तिरेको छ, की त्यो प्रहरीले हेर्नुपर्ने उनको तर्क थियो।

    प्रदेश नम्वर २ का मुख्यमन्त्री देखि मन्त्रीहरु सम्म भारतिय नम्वर प्लेटको गाडी चढेर निर्वाद हिड्ने गरेको भन्दै उनले यो ठुलो कुरा नभएको बताए ।गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले यसबारे कानुनी कार्यविधी हेर्नुपर्ने बताए ।

    प्रदेशसभा सुरक्षार्थ खटिएका सई चन्द्रबहादुर खत्रीले गाडी भित्रिएपछि मात्र थाहा पाएको बताए । ‘माननीयको गाडी रोक्ने कुरा भएन, गेटमा खटिएका सुरक्षाकर्मीले भनेनन्, तर मैले जिल्लालाई रिपोर्टिङ गरिसकेको छु ।’ उनले भने, ‘आज भयो, भोलिदेखि नल्याउने भन्ने कुरा भएको छ ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.