• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

शुक्ला साहित्य प्रतिष्टानले कविता मार्फत सम्झीयो सहिद

  •      /१६ माघ २०७५, बुधबार १५:०४ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा । सहिद दिवसको अवसर पारेर शुक्ला साहित्य प्रतिष्ठान वाटुले चौरले कास्की जिल्ला स्तरिय कविता प्रतियोगिताको आयोजना गरेको छ।प्रतियोगितामा वेद विध्याश्रम चिसाखोलाका नवराज लम्साल प्रथम भएका छन ।

    यसैगरि सोहि विध्याश्रामका विशाल ज्ञवाली तृतिय भए भने एल एन्जल विध्यालयका स्मृति पौडेलले तृतिय स्थान हासिल गरिन ।पोखरा १९ लामाचौरको भुनपुरेमा रहेको एल एन्जल स्कुलमा आयोजित कविता प्रतियोगितामा यस क्षेत्रका करिव एक दर्जन विध्यालयका छात्रछात्राको सहभागिता रहेको थियो ।

    कार्यक्रममा वोल्दै एल एन्जल शैक्षिक गुठीका अध्यक्ष ऋषिराम सापकोटाले साहित्य समाजको आँखा र मनका भावना भएको वताए ।उनले साहित्यले हिंसा रहित समाजको सिर्जना गर्नु पर्ने विचार राख्दै मुलुकको सवै क्षेत्रमा तुंवालो लागेको वेला सहित्य क्षेत्र पनि केही ओझेल परे जस्तो देखिएको वताए ।

    शुक्ला साहित्य प्रतिष्ठानका संरक्षक तथा एल एन्जल विद्यालयका संचालक समितिका अध्यक्ष मदन वहादुर खत्री क्षेत्रीले साहित्यको जगेर्नाको प्रयासमा शुक्ला साहित्य प्रतिष्ठानको प्रयास सह्रानिय भएको वताए ।

    शुक्ला साहित्य प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष तथा कविता प्रतियोगिताका संयोजक हरि वहादुर वरुवालले प्रतिष्ठानको वार्षिक क्यालेण्डर अनुसार सहिद दिवसलाइ कविता प्रतियोगिताको आयोजना गरेर मनाउने कार्यक्रममा अनुसार प्रतियोगिताको आयोजना भएको वताए ।

    कार्यक्रममा वोल्दै एल एन्जल विध्यालयका प्राचार्य वलराम भुजेलले शुक्ला सहित्य समितिले आफ्नो विध्यालयलाइ कार्यक्रमको व्यवस्थापनको जिम्मा दिएकोमा खुसि व्यक्त गरे ।प्रतिष्ठानका अध्यक्ष सुमन राज पौडेलले संस्था जहिले पनि साहित्य उन्नयनमा लागेको र यो संस्थाले आफ्नो विरासत साहित्य कला संगित मार्फत स्थापना गर्न दृढ रहेको वताए ।

    सचिव कृष्ण अन्जान ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सुमन राज पौडेल, वरिष्ठ उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक हरि वहादुर वरुवाल,इन्दु भट्टराई ,निकेश,रिसाल ,निशान्त तिमील्सीना ,दुर्गा वस्नेत ,शिवहरी आचार्य ,जमुना रेग्मी ,कृष्ण अन्जान,विशाल पौडेल,नेत्र वहादुर वानियां,लगाएत कवि कवियत्रीहरुले अप्रतियोगि कविता वाचन गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.