शुभेच्छा न्यूज संम्वाददाता
पोखरा ।गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियको निर्माणको लागि सहमति पत्रमा हस्ताक्षार भएको छ। धुर्मुस सुन्तली फाउन्डेशनले भरतपुर महानगरपालिका चितवनमा निर्माण गर्ने रंगशाला निर्माणसम्बन्धी सहमति पत्रमा भरतपुर महानगरपालिका र फाउन्डेशनबीच हस्ताक्षर भएको हो।
सहमतिपत्रमा फाउन्डेशनका तर्फबाट सीताराम कट्टेल ‘धुर्मुस’ र भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले हस्ताक्षर गरेका हुन्।
भरतपुर महानगर पालिकाको वडा नं १६ मा रहेको रामपुर कृषि क्याम्पस परिसरमा रहेको २० विगाहा ६ कठ्ठमा निर्माण हुने रंगशाला प्रवेश गर्दै गर्दा नेपालका धार्मिक सम्पदाहरुको अवलोकन गर्दै प्रवेश गर्न मिल्ने गरी गेटहरु सिँगारिने छ।
पूरै रंगशाला स्तुपा आकारको हुने छ भने क्रिकेट खेल मैदान कमलको फूल आकारको हुने छ। रंगशालामा ४ वटा द्वार हुने छन्। २५ हजार दर्शकहरु अट्ने क्षमताहरु हुनेछ।
यो रंगशालामा फुटबल, भलिबलसहित, नेपालको मौलिक खेल डण्डिवियोसम्म खेलिने सहमति पत्रमा उल्लेख छ। खेल अभ्यासका लागि दुईवटा अभ्यास मैदान हुने छन्। रंगशालाको वरिपरी नेपालमा पाइने वन्यजन्तुका मूर्तीले सजाइने छ।

Related