• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निजी क्षेत्रको सहकार्यमा मात्र बिकास र पूर्वाधार निर्माण सम्भब : अध्यक्ष प्रचण्ड

"सातौ संस्करणको वालिङ महोत्सव शुरु "
  •      /१७ माघ २०७५, बिहीबार १५:०६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । स्याङजाको वालिङमा सातौ संस्करणको वालिङ महोत्सव शुरु भएको छ । ब्यवसायीहरुको छाता संगठन वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा बिहिबारदेखि महोत्सव शुरु भएको हो।

    महोत्सवको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गरेका छन्। माघ २८ गतेसम्म चल्ने महोत्सवमा ४ सय वटा स्टल राखिएको छ ।

    महोत्सवको उद्धाटन गर्दै नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले निजी क्षेत्रको सहकार्यमा बिकास र पूर्वाधार निर्माणमा सहकार्य गर्न चाहेको बताए।निजी क्षेत्रको सहकार्यबाट मात्र मुलुकको बिकास र समृद्धी सम्भव भएको बताउदै अध्यक्ष दाहालले व्यवसायीलाई लगानी सुरक्षित हुने सुनिश्चितता नदिलाइसम्म विकासले गति लिन नक्ने बताए।

    ‘व्यवसायीलाई ब्यवसायको सुनिश्चितताको वातावरण नबनाएसम्म बिदेशी लगानीकर्तालाई प्रोसाहन गर्न सकिदैन’ उनले भने। ‘त्यसैले सरकारले ब्यवसायी मैत्री वातावरण बनाउने तर्फ उन्मुखछ।’

    अध्यक्ष दाहालले पूर्वाधार विकासका काममा लाग्न आव्हान गर्दै मुलुकको बिकास र सम्बृद्धको अभियानलाई साकार पार्न गाउँ बस्तीबाट उर्जाशील भएर लाग्न जरुरी रहेको बताए।

    ‘दल र आस्था फरकफरक भएपनि बिकास निर्माण तथा समाजपरिवर्तनमा सवै एकता बद्ध भएर लाग्नुपर्छ’ अध्यक्ष दाहालले भने। ‘विकास निर्माणमा आपसी एकता कायम गर्दै अगाडी बढेमात्र हाम्रो अभियानले सार्थकता पाउँछ।’स्थिर सरकाको निर्माण संगै सबै क्षेत्रमा परिवर्तन आएकाले विकासमा आलटाल गर्ने समय नभएको उनको भनाई थियो ।

    राजनैतिक मुद्दाहरुलाई दलहरुबीच आपसी समझदारी कायम गर्दै अगाडी बढेको दाहालको भनाई छ । ‘हामी विश्वले विश्वास गर्न नसकेको शान्ति प्रक्रियालाई पुरा गर्ने अन्तिम चरणमा छौं।’ दाहालले भने, ‘हामीले विश्वलाई शान्तिसम्झौता गरेर आश्चार्यचकित पायौं। अब, राजनीतिक कोर्स जस्तै विकासमा पनि विश्वलाई चकित पार्नुपर्छ।’

    महोत्सवमा बोल्दै सहकारी तथा भूमिसुधार मन्त्री पदमा अर्यालले विकास निर्माणलाई दुर्तपार्न सरकारले आन्तरिक तयारीलाई जोडदार रुपमा अगाडी बढाएको बताईन् । उनले निजी क्षेत्र सहित दातृ निकायसगं हातेमालो गरेर विकास निर्माणमा सबैलाई सहभागी बनाएर अगाडी बढ्ने बताइन।

    नेपाली काँग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले सरकार भ्रष्टाचारमा चुलुम्ब डुबेका बाताए। उनले सरकारले ल्याएको ‘सम्बद्ध नेपाल, सुखी नेपाली’ नारा नारामै मात्र सिमित हुने बताए ।विकासका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर जानु पर्ने अवस्थामा सरकार प्रतिपक्षलाई पेलेर जान लागेको उनको भनाई थियो ।

    मुलुकमा बिगतमा जस्तो राजनीतिक द्धन्द नरहेकाले कसैलाई पनि विकास निर्माणका गतिविधिबाट उम्कने मौका नरहेको शर्माले बताए । उनले अब सम्बृद्ध नेपाल निर्माणमा कसैलाई पनि यो वा त्यो अधिकार नरहेको बताए ।

    महोत्सव शुरु हुनु अघि झाँकी सहितको र्याली बजार परिक्रमापछि महोत्सवस्थल पुगेको थियो । १२ दिन सम्म चल्ने महोत्सवमा ५ लाखभन्दा बढि दर्शकले महोत्सव अबलोकन गर्ने र १५ करोड भन्दा बढि आर्थिक कारोबार हुने आयोजकको अनुमान छ । महोत्सवमा १ करोड ५० लाख आम्दानी र झण्डै ९० लाख खर्च भई झण्डै ६० लाख रुपैया बचत हुने अनुमान आयोजकको रहेको आयोजकले जनाएको छ ।

    २०६३ साल देखि शुरु भएको वालिङ महोत्सव हरके २ र २ बर्षको फरकमा आयोजना हुँदै आएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.