• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित, चर्को शुल्क लिएको भन्दै कलेजमा तालाबन्दी

"बिद्यार्थीद्धारा जुलुश प्रदर्शन  "
  •      /१८ माघ २०७५, शुक्रबार १२:२६ ,  प्रकाशीत
  • नरहरि पौड्याल
    पोखरा । गण्डकी मेडिकल कलेज प्रशानसले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । कलेज प्रशासनले विभिन्न बहानामा सरकारले तोकेको शुल्क भन्दा झण्डै १० लाख बढि शुल्क लिएको भन्दै कलेजमा अध्यानरत बिद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले बिहिवार लेखनाथ अर्घौंस्थित कलेजमा तालाबन्दी गरि आन्दोलनमा उत्रीएका हुन्।

    बिद्यार्थीहरुले सरकारले तोके अनुसारको शुल्क लिनु पर्ने मागसहित ४ सूत्रीय माग राखेर आन्दोलनमा उत्रीएका छन। गत वर्षपनि कलेज प्रशासनले सरकारले तोकेको भन्दा १० लाख रुपैयाँ बढी शुल्क लिएको भन्दै बिद्यार्थी र अभिभावक समेत आन्दोलीत भएपछि कलेज प्रशासनले तीन बुँदे सहमति गरेर आन्दोलन मत्थर बनाएको थियो ।

    तर, एक बर्षपछि पनि पुन बिद्यार्थीहरु त्यही बढी शुल्क लिएको भन्दै आन्दोलन गर्न बाध्य भएका छन। कलेज प्रशासनलाई बिद्यार्थी र अभिभावकले तोकिए भन्दा बढि शुल्क नलिन बारम्वार आग्रह गर्दा समेत नमानेपछि बाध्य भएर आन्दोलनमा उत्रीनु परेको उनीहरुले बताएका छन्।

    बिद्यार्थीद्धारा जुलुश प्रदर्शन
    आन्दोलनको दोस्रो दिन बिद्यार्थीहरुले पोखरामा जुलुश प्रदर्शन गरेको छन्। उनीहरुले कालो व्यानर र प्लेकार्ड वोकेर विना शिर्षक असुलिएको विद्यार्थीहरुको रकम फिर्ता गर्नुपर्ने माग गर्दै आज नयाँबजार क्षेत्रमा सडकमै उत्रीएर विरोध ¥याली निकालेका छन् ।

    उनिहरुले अतिरिक्त शुल्क तुरुन्त फिर्ता गर्न माग गरेका छन् ।सरकारको निर्णय कार्यान्वयन गर्न, विद्यार्थीले तिरेको सम्पूर्ण रकमको विल उपलब्ध गराउन र अनावश्यक हस्तक्षेप रोक्न माग गरेका छन् ।

    करिव ५ सय विद्यार्थीहरु सहित निकालीएको ¥यालीमा सहभागी विद्यार्थीहरुले शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, जिल्ल प्रशासन कार्यालय कास्कीमा वोधार्थ दिएका छन् ।उनीहरुले कलेजले ४२ लाख भित्र एमविविएसको अध्यायन पुरा गर्नु पर्नेमा,विभिन्न वहानामा बिल बिना १० लाखदेखि १५ लाख सम्म वढी रकम लिइएको आरोप लगाएका छन्। गण्डकी मेडिकल कलेजले अनियमित ढङ्गबाट विद्यार्थीसंग रकम उठाउदै आएको भन्दै प्रत्येक वर्षको विद्यार्थी र अभिभावकले आरोप लगाउदै आएका छन् ।

    गत बर्ष शुल्ककै बिषयमा बिवाद बढेपछि अधिकार कर्मी र जिल्ला प्रशासन कार्यलय कास्कीमा उजुरी परेको थियो। जिल्ला प्रशासनले बिना बिलको रकम नलिन कलेज प्रशासनलाई निर्देशन दिएको थियो।

    अहिलेपनि बिद्यार्थी शुल्ककै बिषयमा चरणबद्ध आन्दोलनमा उत्रीदा समेत कलेज प्रशासनले उनीहरुको मागका वारेमा सुनुवाई नगरेको वताइन्छ ।
    यसवारेमा गण्डकी मेडिकल कलेजका निमित्त कार्यकारी अधिकृत रविन्द्र प्रसाद श्रेष्ठसंग सम्पर्क राख्दा सम्पर्क हुन सकेन ।

    कलेजले बर्षैदेखि सरकारले तोके विपरित लाखौं रकम असुल गर्दै आएकोले बारम्बार गैरकानुनी शुल्क नउठाउँन आग्रह गर्दा समेत प्रशानसले कुनै वास्ता नगरेपछि कलेज प्रशासनका ताला लगाएर सडक आन्दोलनमा उत्रीनुपरेको आन्दोलनरत बिदार्थी समिर शर्माले बताए।

    माग पूरा गर्न बिद्यार्थीको अल्टिमेटम
    बिद्यार्थीहरुले जायज मागको तत्काल सुनुवाइ गर्न आग्रह गर्दै यदी आफ्ना मागहरुको वेवास्ता गरिए यसको परिणाम गम्भिर हुने चेतावनी दिदै प्रशासनलाई तत्काल माग सम्वोधन गर्न आग्रह गरेका छन्। उनीहरुले विज्ञप्ती जारी गर्दै भनेका छन् –‘चिकित्सा शिक्षालाई धराशायी बनाउने हिसाबले ठगी, निजीकरण, व्यापारिकरण र माफियाकरणले ग्रस्त बनाइएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । मेडिकल कलेजभित्रका विकृति विसंगतिहरु सुधार गर्न माग गर्दछौं ।’

    विभिन्न ब्याचमा अध्यायनरत विद्यार्थीले सरकारले तोके भन्दा वार्षिक डेढ लाख देखि तीन लाखसम्म तोकिए भन्दा बढी तिर्न परेको गुनासो गरेका छन् । यसरी ५ वर्षे कोर्षमा झण्डै आठ लाखदेखि १५ लाख बढी रकम कलेजले असुलेको बिद्यार्थीको आरोपछ ।

    कलेजको पढाइ सकिएपछि गरिने (प्राक्टिकल) इन्टर्नशीप फि समेत कलेजले पहिल्यै लिएर बेईमानी गरेको उनीहरुको आरोप छ । कलेज प्रशासनले फि लिएको बिल समेत नदिने गरेको विद्यार्थीहरुले बताएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.