• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतमा ठगीगरेर फरार न्यौपाने गोरखाबाट समातिए

  •      /१८ माघ २०७५, शुक्रबार १५:३७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । जिल्ला प्रहरी कार्यालय पर्वतले ठगीमा संलग्न एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको साविक वडीखेल गाविस वडा न. २ हाल गोदावरी नगरपालिकाको वडा नं. ४ वस्ने ४० बर्षिय सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।

    न्यौपानेले पर्वतको फलेवास नगरपालिका तथा वाग्लुङ जिल्लामा समेत गई आँफू सिर्जनशिल अन्धा अपाङग प्रवर्धन केन्द्र शाखा कार्यालय पोखरा सिद्धार्थ चोकको मेनेजिङ्ग डाईरेक्टर भएको वताउँदै सोही शाखामा जागिर लगाईदिने, आफ्नो संस्थाले गाउँ घरका गरिव दलित व्यक्तिहरुलाई निरव्याजी पैसा सहयोग गर्ने लगायतका प्रलोभन देखाई बिभिन्न व्यक्तीहरुवाट रकम ठगेको पाईएको छ ।

    उनले ठगी गरिरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतले अरु जिल्लाहरुसंग समेत समन्वय गरी खोजी शुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार न्यौपानेलाई गोरखा जिल्लाको गोरखा नगरपालिका वडा न ६ हरमटारीचोक स्थित होटल मिराकलको कोठा नम्वर २०२ बाट पक्राउ गरिएको हो ।

    पक्राउ परेका न्यौपानेलाई जिल्ला अदालत पर्वतवाट ठगी सम्वन्धी कसुर मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.