शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । पोखरा नगर रेस्टुरेन्ट तथा बार एशोसियसन (सिटी रेवान) ले महोत्सवको गर्ने भएको छ । ‘सातौं सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल साथमा क्यान मेला’ फागुन १७ देखि २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने भएको हो ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित लोक दोहोरी कलाकारद्धारा प्रस्तुति, पप कन्सर्ट, हाँस्य कलाकारहरुको प्रस्तुति, २५ देखि ४० वर्षसम्मका एकल गृहिणी नृत्य प्रतियोगिता, ढिंडो खाने, गण्डकी प्रदेश स्तरिय दोहोरी गीत प्रतियोगिता, विद्यालय स्तरिय सिटी डान्स आइडल, वाल उद्यान, कृषि प्रदर्शनी र विशाल शिवलिंगको प्रदर्शनी रहने सिटी रेवानका महासचिव जीवन दाहालले जानकारी दिएका छन् ।
महोत्सवमा एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । व्यवसाय प्रयोजनका लािग १३० स्टल, रेस्टुरेन्ट प्रयोजनको १० र अन्य विभिन्न सामाजिक संघ, सुरक्षा तथा स्वास्थ्य सम्बन्धी स्टल २० गरी जम्मा १६० स्टल रहने जनाइएको छ । महोत्सव अवलोकन गर्नको लाग ६५ रुपैयाँ र विद्यार्थीको लागि परिचयपत्रको आधारमा ४० रुपैयाँ निर्धारण गरिएको दाहालले बताए।
महोत्सव सम्पन्न गर्नको लागि ५५ लाख १५ हजार रुपैयाँ खर्च र ५९ लाख ८५ रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । आम्दानीबाट बचत रकमको १० प्रतिशत असहाय बालबालिकाको लागि र ५ प्रतिशत , पर्यटन प्रर्वद्धनको लागि सहयोग गरिने सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

Related