• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरद्वारा आगजनीको भर्सना

  •      /१९ माघ २०७५, शनिबार ११:४६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको निसान पिकअप भ्यान कार्यालयको पूर्वनिधारित काममा प्रयोग भइरहेको अवस्थामा शनिबार पोखराको मासबारमा एक आपराधिक जत्थाले आगजनी गरेको घटनाप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले शनिबार जारी गरेको विज्ञप्तिमा सरकारी कामको सिलसिलामा गुडिरहेको सवारी साधनलाई रोकेर चालकलाई बलपूर्वक बाहिर निकाली नागरिकले तिरेको करबाट आर्जित सरकारी सम्पत्तिमा क्षति पु¥याएर महानगरको कामकारबाहीमा अवरोध पु¥याउने कार्यको घोर भत्र्सना गरिएको छ ।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र उद्देश्य बमोजिम महानगरबासीलाई भरपर्दो सेवा सुविधा उपलब्ध गराउने कार्यमा महानगरपालिका निरन्तर लागिरहेकै छ,’ विज्ञप्तिमा भनिएको छ,‘पोखरा महानगरपालिकाले स्वास्थ्य महाशाखामा रिक्त रहेका विभिन्न पदहरुमा करारमा कर्मचारी नियुक्ति गर्न शनिबार तय गरिएको लिखित परीक्षा सञ्चालन गर्न शिक्षा महाशाखा प्रमुखलाई केन्द्राध्यक्ष तोकिएको र उहाँलाई लिन जाने क्रममा उक्त सवारी साधनलाई आगजनी गरी पूर्णक्षति गराइएको आम नागरिकलाई जानकारी गराउँदछौं ।’

    उक्त सवारी साधन महानगरपालिकाकै काममा प्रयोग भएको पनि विज्ञप्ति मार्फत महानगरपालिकाले स्पस्ट पारेको छ ।

    ‘लोकतन्त्रमा शान्तिपूर्णरुपमा आफ्ना विचार राख्न र विरोध जनाउन पाइने अधिकार सुरक्षित हुँदाहँुदै यस प्रकारका आपराधिक र गैरकानुनी कार्य संविधान र प्रचलित कानुन विपरीत भई दण्डनीय हुने ठहर्छ,’ प्रवक्ता नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यो घटनाको तत्काल अनुसन्धान गरी संलग्न अपराधीलाई कानुन बमोजिम कारबाही गर्न पोखरा महानगरपालिका सम्बन्धित निकायसँग हार्दिक अपिल गर्दछ ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.