• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा सरकारी गाडी जलाएको आरोपमा नेविसंघका ५ कार्यकर्ता पक्राउ

"अगजनीको दुइ घण्टामै पक्राउ गर्न सफल कास्की प्रहरी "
  •      /१९ माघ २०७५, शनिबार १६:०५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    कास्की । पोखराको मासवारमा सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले ५ जना नेपाल बिद्यार्थी संघका कार्यकतालाई पक्राउ गरेको छ।वडा प्रहरी कार्यालय बैदामले लेकसाइड स्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

    नेविसंघ नेता परशुराम बस्नेत, लक्ष्मी प्रसाद पौडेल, नेविसंघ पोखरा विश्व विद्यालय पूर्व सभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल र ला–ग्राण्डि कलेजका सभापति विनय पौडेललाई पक्राउ गरिएको हो ।

    पक्राउ गरिएका बिद्यार्थीको साथबाट बा ५६ प ३४८६ नं.को मोटरसाइकल, ग १४ प १७२९ र ग ८ प १६८९ नं को स्कुटर नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । उनीहरुमाथी अनुसन्धान चलिरहेको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

    शनिबार पोखराको मासबारमा सरकारी गाडीमा आगजनी गरिएको घटनाको नेविसंघले जिम्मेवाारी लिएको छ । नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापाले विज्ञप्ती जारी गरि घटनाको जिम्मा लिएको जनाएका छन् ।

    विदाको दिन सरकारी गाडी चलाउन नदिने केन्द्रिय कार्यक्रम भएकोमा शनिबारको दिन पनि सरकारी गाडी गुडिरहेको देखेपछि नेविसंघले गाडी जलाएको उनले दावी गरेका छन्।पोखरा महानगरको शिक्षा शाखाले प्रयोग गर्दै आएको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा बिद्यार्थीहरुले पेट्रोल छर्केर आगजनि गरेका थिए ।

    आगजनिमा संलग्न ५ विद्यार्थी नेतालाई कास्की प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले लेकसाइड स्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । नेविसंघ नेता परशुराम बस्नेत, लक्ष्मी प्रसाद पौडेल, नेविसंघ पोखरा विश्व विद्यालय पूर्व सभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल र ला–ग्राण्डि कलेजका सभापति विनय पौडेललाई पक्राउ गरिएको हो ।

    महानगरद्वारा आगजनीको भत्र्सना
    पोखरा महानगरपालिकाले कार्यालयको पूर्वनिर्धारित काममा प्रयोग भइरहेको निसान पिकअप भ्यानमा शनिबार मासबारमा एक आपराधिक जत्थाले आगजनी गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले शनिबार जारी गरेको विज्ञप्तिमा सरकारी कामको सिलसिलामा गुडिरहेको सवारी साधनलाई रोकेर चालकलाई बलपूर्वक बाहिर निकाली सरकारी सम्पत्तिमा क्षति पु¥याएरको प्रति घोर भत्र्सना गरिएको छ ।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र उद्देश्य बमोजिम महानगरबासीलाई भरपर्दो सेवा सुविधा उपलब्ध गराउने कार्यमा महानगरपालिका निरन्तर लागिरहेकै छ,’ विज्ञप्तिमा भनिएको छ।
    ,‘पोखरा महानगरपालिकाले स्वास्थ्य महाशाखामा रिक्त रहेका विभिन्न पदहरुमा करारमा कर्मचारी नियुक्ति गर्न शनिबार तय गरिएको लिखित परीक्षा सञ्चालन गर्न शिक्षा महाशाखा प्रमुखलाई केन्द्राध्यक्ष तोकिएको र उनलाई लिन जाने क्रममा उक्त सवारीलार्ई आगजनी गरी पूर्णक्षति गराइएको आम नागरिकलाई जानकारी गराउँदछौं ।’

    उक्त सवारी साधन महानगरपालिकाकै काममा प्रयोग भएको पनि विज्ञप्ति मार्फत महानगरपालिकाले स्पस्ट पारेको छ । ‘लोकतन्त्रमा शान्तिपूर्णरुपमा आफ्ना विचार राख्न र विरोध जनाउन पाइने अधिकार सुरक्षित हुँदाहँुदै यस प्रकारका आपराधिक र गैरकानुनी कार्य संविधान र प्रचलित कानुन विपरीत भई दण्डनीय हुने ठहर्छ,’ प्रवक्ता नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,।

    ‘यो घटनाको तत्काल अनुसन्धान गरी संलग्न अपराधीलाई कानुन बमोजिम कारबाही गर्न पोखरा महानगरपालिका सम्बन्धित निकायसँग हार्दिक अपिल गर्दछ ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.