• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा जारी मनकामना केवलकार कपमा थ्रीस्टारलाई हराउदै एपीएफ सेमिफाइनल प्रवेश

  •      /२० माघ २०७५, आईतवार १३:४६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । पोखरामा जारी मनकामना केबुलकार पोखरा कपमा थ्रीस्टारलाई हराउदै शसस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनमा प्रबेश गरेको छ । खेल शुरु भएको ३५ सेकेण्डमै गोल गर्दै एपीएफले अग्रता लिएको थियो । एपिएफलाई राजीब लोप्चानको ‘कर्भ पास’मा डिबक्स भित्रबाट सन्तोष श्रेष्ठले गोल गर्दै अग्रता दिलाए ।

    त्यही गोलले एपीएफले रुस्लान थ्रीस्टारको चुनौति पन्छाउँदै अन्तिम चारको ढोका खोल्यो । घरेलु फुटबलमा उत्कृष्ठ प्रदर्शनको छाप छोडेको रुस्लान थ्रीस्टारले ३५ सेकेण्डमै गोल खाएपछि दर्शक पनि आश्चर्यचकित भएका थिए।

    सेन्टरबाट आफैंले शुरु गरेको बल राईट(दायाँ) एट्याकिङ डिफेन्सले लङपास दिने क्रममा शसस्त्रले आफनो डिबक्स लाईन अघि नै कलेक्ट गर्दै लोप्चानलाई पास उपलब्ध गराएका थिए । लोप्चानले डिफेन्सलाई कटाउँदै श्रेष्ठलाई पास मिलाईदिएका थिए ।

    खेलको २६ औं मिनेटमा अर्को गोलको अवसरलाई शसस्त्रले चुकाएको थियो। राजीव लोप्चानले होनको लेफ्ट सट सेकेण्ड बार नजिकैबाट बाहिरिएपछि प्लेयरबक्सका खेलाडी तथा अफिसियल चुकचुकाएका थिए ।

    खेलमा म्यान अफ दि म्याचको पुरस्कार शसस्त्रका डिफेन्स रमेश दंगाल घोषित भए । पहिलो हाफ गोल अन्तरमा पछि परेको थ्रीस्टारले गोलको अवसर जुटाउनै सकेन् ।
    अधिकांश बल शसस्त्रको डिफेन्स लाईनबाट क्लियर र गोलकिपरले बचाउ गर्दै शसस्त्रको अग्रता बनाई राखे ।

    कास्की जिल्ला फुटबल संघको आयोजना भएको प्रतियोगितामा सोमबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र पाहुना टोली डाफिन्स क्लब परिवार क्यामरुन बीच हुने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.