गिरफ्रतार बिद्यार्थीको रिहाइको माग गर्दै चरणबद्ध आन्दोलन
/२२ माघ २०७५, मंगलवार ०६:४१ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा/ पोखरामा शनिवार पक्राउ गरिएका नेवि संघका विद्यार्थी नेताहरुको रिहाईको माग गर्दै पोखरामा चरणबद्व दबाबमुलक आन्दोलन गरिने भएको छ ।
नेपाली काँग्रेस कास्कीको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले विद्यार्थी नेताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई झुट्टा मुद्वा लगाई थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।
रिहाईको मागगदै मङ्गलबार प्रशासन कार्यालयमा डेलिगेशन जाने कार्यक्रम तय भएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।बैठकले आइतबार मसाल जुलुस प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको घटनाको निन्दा गर्दै घाइते विद्यार्थी नेता पशुपति भट्टराईको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
त्यस्तै, सोमबारको प्रदर्शनमा सहभागि सवैप्रति धन्यवाद व्यक्त गरेको छ । बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।

Related