• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेबिसंघ कास्कीले जिल्ला भरी सरकारी गाडी चलाउन रोक, २६ गतेदेखि अनिश्चितकालिन शैक्षिक संस्था बन्द

  •      /२२ माघ २०७५, मंगलवार १५:५५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा। पोखरा महानगरको क्षिक्षा शाखाको जीपमा आगजनी गरेको आरोपमा पक्राउ परेको विद्यार्थी रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघले कास्कीले चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

    संघले गरेको आन्दोलन अन्तर्गत बुधबार कास्की जिल्लाभर सरकारी गाडी चल्न नदिने घोषणा छ। त्यसैगरी बुधबार बिहान ८ देखि १० बजेसम्म जिल्लाका क्याम्पस अगाडी चक्काजाम र विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए ।

    उनका अनुसार विहिबार पोखरा महागरको शिक्षा शाखा र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको कामकाज ठप्प पार्ने र शुक्रबार कालोपट्टी सहित प्लोकार्ड लिएर शान्तिपूर्ण धर्ना दिने कार्यक्रम तयगरिएकोछ ।

    यदी प्रशासनले आफ्ना मागको सुनुवाई नगरेको अवस्थामा शनिबारदेखि अनिश्चित कालका लागि शैक्षिक संस्थाहरु बन्द गर्ने नेविसंघले चेतावनी दिएको छ ।

    मंगलबार साँझ नेविसंघका तीन केन्द्रिय सदस्यले संयुक्त विज्ञप्ती जारी गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् । बिज्ञप्तिमा केन्द्रिय सदस्यहरु ढकालसँगै गोपाल गुरुङ र देवकृष्ण पराजुलीले हस्ताक्षर गरेका छन् ।

    सार्वजनिक विदाका दिन चलाईएको भन्दै माघ १९ गते नेविसंघले पोखरा महानगरको गाडीमा आगजनी गरेको थियो। त्यसपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो । २ जना छुटेपनि परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेल प्रहरी हिरासतमा छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.