• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट पक्राउ गरीएका ४ बिद्यार्थी नेता रिहा

  •      /२२ माघ २०७५, मंगलवार ११:०१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । मुख्य मन्त्रीको कार्यलय सहित अन्य दुई सरकारी कार्यलयका गााडीको चाँवी नियन्त्रणमा लिएको आरोपमा आज पक्राउ गरिएका नेपाल विद्यार्थी संघका ४ जना विद्यार्थी नेतालाई प्रहरीले रिहाई गरेको छ।

    नेबिसंघको गण्डकी प्रदेशमा सरकारी नम्वरप्लेटका गाडी चल्न नदिन कार्यक्रम अन्तरगत सरकारी गाडीको चावी नियन्त्रणमा लिएका आरोपमा उनीहरुलाई वडा प्रहरी कार्यालय वैदामले मंगलबार पक्राउ गरेको थियो ।

    नेवि संघका केन्द्रीय सदस्य भानु ढकाल, विद्यार्थी नेताहरु विधान लामिछाने, गोविन्द नेपाली र सागर सापकोटालाई चिप्लेढुंगाबाट बैदाम प्रहरीले नियन्त्रणमा लिएको थियो।

    मुख्यमन्त्री कार्यालयको गाडीका चावि नियन्त्रणमा लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको र अब, आइन्दा यास्ता कार्य नगर्ने सर्तमा सम्झाइ बुझाइ उनीहरुलाई छाडीएको डिएसपी नबिन कार्कीले बताए।

    सार्वजनिक विदाका दिन सरकारी गाडी चलाएको भन्दै नेविसंघले माघ १९ गते पोखरा महागरपालिकाको शिक्षा शाखाको गाडी जलाएको आरोपमा नेविसंघका ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउ परेकामध्ये २ जना छुटिसकेका छन् भने बाँकी ३ जनालाई मुद्धा चलाईएको छ । हिरासतमा रहेका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेलको रिहाई माग गर्दै नेविसंघले सरकारी गडी चलाउन नदिने घोषित आन्दोलन अन्तर्रगत पोखराबाट बिद्यार्थीले ३ वटा गाडीको चाबी नियन्त्रमा लिएका हुन्।

    नेविसंघ केन्द्रिय सदस्य भानु ढकालको नेतृत्वमा गएको टोलिले आज मुख्यमन्त्री कार्यालय सहित तीनवटा सरकारी गाडी नियन्त्रणमा लिएका थिए।मुख्यमन्त्री कार्यालयको बा २ झ १३६३ र जिल्ला अदालत कास्कीको बा १ झ ८१५९ नम्बरको गाडी नियन्त्रणमा लिएका हुन् । त्यसैगरी विद्युत कार्यालयको बा १ झ १७० नम्बरको गाडी पनि नियन्त्रणमा लिएका थिए।

    नेवि सघले विद्यार्थी नेताको रिहाइको माग गर्दै गण्डकी प्रदेशमा कुनै पनि सेतो प्लेटको गाडी चल्न नदिने घोषण अनुसार चावि नियन्त्रणमा लिएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.