पोखरा उद्योग वाणिज्य संघद्धारा ब्याजदर घटाउन आग्रह, चर्को ब्याज नघटे आन्दोनल गर्ने
"चर्को ब्याजदर घटाउन राष्ट्रबैंकको ध्यानाकर्षण "
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । उद्योगी तथा ब्यवसायीहरुको छाता संगठन पोखरा उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फीरुपमा ब्याज बढाएर ब्यासायीको ढाड सेकेको भन्दै तुरुन्त ब्याजदर घटाउन आग्रह गरेको छ।
संघले बढ्दो महंगी र आर्थिक तरलताले अफ्टेरोपमा परेको ब्यबसायीलाई थप ब्याज बढाएर बैक तथा वित्तीय संस्थाहरुले प्रताडित बनाएमा आपत्ति प्रकट गर्दै तत्काल ब्याजदर नघटाएका आन्दोलन गर्ने चेतावनी दिएको छ।
संघले बुधबार एक विज्ञप्ति जारी गर्दै यही माघ मसान्तसम्म ब्याजदर समायोजन नभए निजी क्षेत्रका सबै संघसंस्थासँग सहकार्य गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो ।
संघद्धारा जारी विज्ञप्तिमा ब्याजदरमा भएको अत्याधिक बृद्धिले उद्योगव्यवसायमा लागत बृद्धि भई प्रतिष्पर्धात्मक क्षमतामा ह्रास आएको उद्योग व्यवसायबाट हात धुनु पर्ने स्थिति आएको जिकिर गरिएको छ ।‘ऋणको ब्याजमा बृद्धि हुँदा निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत मात्र बढेको छैन, नयाँ लगानी पनि निरुत्साहित हुन पुगेको छ’, संघका अध्यक्ष दामु अधिकारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ब्याजदर बृद्धिले नागरिकको दैनिक जीवनस्तरमा समेत थप व्ययभार बढेको छ।’
ब्यापाररव्यवसाय गर्दा ५ देखि ७ प्रतिशत मुनाफा कमाउन पनि मुस्किल हुने तर त्यही पूँजी बैंक वा वित्तीय संस्थामा राख्दा १२ प्रतिशतसम्म ब्याज पाइने अवस्था सृजना हुनु अर्थतन्त्रको लागि गम्भीर विषय भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पोखरा उद्योग वाणिज्य संघे बैंक तथा वित्तीय संस्थाहरुले ब्यादर बढाउँदा भएको समस्याबारे बुधबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी ब्यावसायीको राय लिएपछि बैक तथा वित्तीय संस्थालाई ब्यजदर घटाउन आग्रह गर्दै आन्दोलनको बिकल्प नभएको निश्कर्ष निकालेको हो।
संघका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा भएको बैठकमा बोल्ने व्यवसायीहरुले ब्याजदर बढ्दा व्यवसाय गर्न कठिन भएको धारणा राख्दै ब्याजदर नघटे आन्दोलनको विकल्प नभएको बताएका थिए।
कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी सन्तोष पोखरेल,संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे, संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइराला लगायतले एकतर्फीरुपले बढाइएको ब्याजदर नघटाउने हो भने व्यवसाय बन्द गर्नुको विकल्प नभएको भनाइ राखेका थिए।
चर्को ब्याजदर घटाउन राष्ट्रबैंकको ध्यानाकर्षण
बैंक तथा वित्तीय सस्थाहरुले प्रदान गर्दै आएको कर्जाको ब्याजदर अस्थीर र चर्को भएको भन्दै त्यसलाई नियन्त्रण गर्न हस्तक्षपकारी भूमिका निर्वाह गर्न पश्चिमाञ्चल होटल संघ पोखराले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा संघको एक टोली मंगलबार नेपाल राष्ट्र बैंक पोखरा शाखामा पुगेर राष्ट्र बैंकका प्रमुख निर्देशक पोमनाथ गौतम मार्फत् केन्द्रिय बैंकका गभर्नर चिरञ्जीवि नेपाललाई ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा विद्यमान अवस्थामा बैंकको स्प्रेड दर पनि अत्याधिक रहेको भन्दै न्यूनतम तीन प्रतिशत कायम गर्न अनुरोध गरेको छ । गौतमलाई समेत संघले सोही व्यहोराको छुट्टै ज्ञापनपत्र बुझाएको जनाएकोछ।
‘होटल तथा पर्यटन व्यवसाय दिर्घकालिन रुपमा प्रतिफल प्राप्त गर्ने व्यवसाय भएका कारणले पनि राष्ट्रले प्राथमिकता प्राप्त उद्योग सरह सहुलियत तथा स्थिर व्याजदरमा कर्जा प्रवाह गर्नु पर्ने देखिन्छ’ ज्ञापनपत्रमा भनिएको छ– ‘वैंक तथा वित्तीय संस्थाहरुले वर्तमान अवस्थामा गर्दै आएको मनोमानी सुधार नभए सम्पूर्ण व्यवसाय धराशायी हुने निश्चित् छ ।’
आर्थिक वृद्धिदर तथा कूल ग्राहस्थ आम्दानीमा पर्यटन क्षेत्रबाट महत्वपूर्ण योगदान रहेको पर्यटन ब्यासायीनै चर्को ब्याजका कारण घरासायी भएको बताउदै अध्यक्ष तुलाचनले यसलाई रोक्नको लागि उचित कदमको पहल गरिदिन आग्रह गरेका थिए।
त्यसैगरी संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले थेग्नै गाह्रो पर्ने बढाइएको ब्याजदरलाई नियन्त्रण गर्नको लागि नेपाल राष्ट्र बैंकबाट पर्यटन मैत्री वातावरण निर्माणमा अग्रणी भूमिका खेलिदिन निर्देशक गौतमसँग आग्रह गरेका थिए।
नेपालमा प्रजातन्त्रको उदय पश्चात् नेपालका पर्यटन व्यवसायीहरुल राजनीतिक अस्थिरता, बन्द हड्ताल, दश वर्षे विद्रोह, मजदुर आन्दोलन, भूकम्प, नाकाबन्दी, भारतीय नोटबन्दी लगायत विविध समस्या झेल्दै आएको संघले स्मरण गराएको छ ।
सन् २०२० सम्म पोखरा लगायत देशका विभिन्न भागमा अन्तर्रा्ष्ट्रिय स्तरका दर्जनौं तारे होटल, रिसोर्ट तथा स्तरीय होटलहरु खुल्ने क्रममा छन् । यस स्थितिमा बैंकहरुबाट गरिएको कर्जाको प्रतिफल के हुने हो भन्ने चिन्ताको विषय रहेको अध्यक्ष तुलचनले बताए।
Related