गण्डकी मेडिकल कलेजको शुल्क बिवाद उग्र बन्दै, बिद्यार्थीले गरे ओपिडीमा तालाबन्दी
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । गण्डकी मेडिकल कलेज (जेएमसी)ले मनपरी शुल्क असुलेको भन्दै बिद्यार्थीद्धारा थालिएको आन्दोलन उग्र बन्दै गएकोछ।कलेज प्रशासनले सरकारले तोके भन्दा बढी रकम लिएकोले उक्त रकम फिर्ता गर्न माग गर्दै बिद्यार्थीले ओपीडी र मेडिकल सुपरिटेण्डेन्टको कार्यकक्षमा मंगलबारदेखि अनिश्चितकालिन तालावन्दी गरेका छन् ।
कलेजमा अध्यायनरत बिद्याथीले एकसाता अधिदेखि थालिएको आन्दोलनले अस्पताका दैनिक स्वास्थ्य सेवा समेत प्रभावित भएका छन्। एक सातादेखि चरणबद्ध आन्दोलनमा रहेका बिद्यार्थीहरुले आफ्नो माग सुनुवाई नगरेको भन्दै तालाबन्दी गरिदिएका हुन् । यसअघि रिठ्ठेपानीमा रहेको कलेजमा पनि तालाबन्दी गरेका थिए ।
आन्दोलनरत बिद्यार्थीहरुले जिएमसी प्रशासनलेले सरकारले तोकेको भन्दा बढी शुल्क लिएकोले उक्त रकम फिर्ता नगर्दासम्म आफुहरुले बाध्य भएर ओपीडी प्रभावित हुने गरी तालावन्दी गरेको बताएका छन्।
‘कलेज प्रशासनले शीर्षक विना शिक्षाको नाममा विद्यार्थीसँग लाखौं रकम असुल गर्दै आएको छ । यसबारे हामीले बारम्बार शुल्कफिर्ता गर्न आग्रह गर्दा समेत समस्या समाधानमा गम्भीर बनेन’उनीहरुले भने। ‘विद्यार्थीको सहमति बेगर ताला खोलेमा त्यसको नोक्सान कलेज प्रशासन आँफैले ब्यहोर्नुपर्नेछ।’
उनीहरुले अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, सरकारको निर्णय कार्यान्वयन गर्नुपर्ने र विद्यार्थीहरुले तिरेको सम्पूर्ण रकमको विल तत्काल उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।
मंगलबार विद्यार्थीको मागबारे छलफल गर्न कलेजको बोर्ड बैठक बसेपनि माग सम्बोधन हुने खालका निर्णय नगरेकोले तालाबन्दी गर्नुपरेको उनीहरु बताउँछन् । ‘पहिले लिएको अतिरिक्त शुल्कबारे छानवीन गरेर बढी शुल्क फिर्ता गर्नुपर्ने हाम्रो मुख्य माग हो । त्यही बुँदामा सहमति हुन सकेन, एक विद्यार्थीले भने–बोर्डले गरेको प्रश्तावमा हाम्रो माग सम्बोधन हुँदैन । बढी शुल्क फिर्ता गर्ने बुँदा नभएकोले विद्यार्थीले स्विकार गरेनन् । आन्दोलन निरन्तर छ ।’
कलेज प्रशासनलाई राज्यले तोकेको भन्दा बढी शुल्क शुल्क नउठाउन, यस अघि उठाएको रकम तत्काल फिर्ता गर्न र विना विलमा रकम उठाउन बन्द गर्न आग्रह गर्दा समेत कलेज प्रशासनले अटेर गर्दै आएको बिद्यार्थीहरुको गुनासो छ ।
सरकारले एमबीबीएस अध्ययनको लागि ४२ लाख ४८ हजार शुल्क निर्धारण गरेपनि जिएमसीले विभिन्न वहानामा ५६ लाख भन्दा बढी लिने गरेको बिद्यार्थीहरुले गुनासो गरेका छन्।
आन्दोलनरत बिद्यार्थीले कलेजमा धर्ना, बिरोध ¥याली सहित दैनिक आन्दोलन चर्काउदा समेत प्रशासनले आलटाल गरेकाले ओपीडी सेवा ठप्प पार्न तालावन्दी गर्नु परेको बताउँछन् ।
कलेजका प्राचार्य डाक्टर रविन्द्र श्रेष्ठले सरकारले तोकेको शुल्कमा कलेजले बिदार्थीलाई पढाउने नसक्ने बताए। कलेजमा हुने खर्चका आधारमा नियम अनुसार नै विद्यार्थीसँग शुल्क लिएको उनको दावी छ । ‘विद्यार्थीले गर्ने खर्चको आधारमा शुल्क लिएको हो, उनले भने–हामी नियमअनुसार चलेका छौं । गल्ती भए टियूले छानवीन गरेर कारबाही गर्छ ।’
कलेजले प्रति विद्यार्थी हरेक बर्ष १ देखि ३ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको विद्यार्थीहरुले आरोप लगाएका छन् । नर्सिङततर्फ आईओएमले ४ बर्षका लागि ७ लाख ४८ हजार र एमविविएसतर्फ ५ बर्षका लागि ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ । तर कलेजले आईओएमको मापदण्डभन्दा ५ देखि १५ लाख रुपैयाँ बढी रकम मागेको उनीहरुले बताए ।
Related