• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मौसम पूर्वानुमान महाशाखाको वर्षा, हिमपहिरो जान सक्ने भन्दै सतर्क रहन आग्रह

  •      /२४ माघ २०७५, बिहीबार ०४:३५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    काठमाडौं । बिहीबार बिहानैदेखि देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । केही दिन यता घाम लागेर मौसम तातिएको भए पनि मौसम फेरबदल हुँदा काठमाडौं लगायत धेरै ठाउँमा चिसो बढेको छ ।

    पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार आज देशका धेरै ठाउँमा वर्षा र हिमपात हुनेछ । मध्य र पश्चिममा केही ठाउँमा भने ठूलो पानी पर्नुका साथै भारी हिमपात पनि हुनेछ । यसकै प्रभावले हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात र हिम पहिरो जाने खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

    बाढी पूर्वानुमान शाखाले सूचना निकालेर उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो वर्षा हुन सक्ने भएकाले हिमपहिरो र पहिरो जानसक्ने भन्दै ती क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो । पर्सि शनिबारसम्म देशभरका धेरै ठाउँमा वर्षा र हिमपात हुने भएकाले केहि दिन पदयात्रामा ननिस्कन मौसमविद्ले सुझाव दिएका हुन् ।

    मौसमविद् रिमालका अनुसार अस्तिदेखि नै बदली गराएको पश्चिमी वायु आइतबारदेखिमात्र सुधार हुने देखिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.