तनहुँमा स्कारपियो र माइक्रोबस ठोक्कीए,२० यात्रु घाइते
/२४ माघ २०७५, बिहीबार १३:११ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
तनहुँ/ तनहुँको म्याग्दे गाउंपालिका स्थित धयरे भन्ने स्थानमा हाइस माइक्रो र स्कारपियो जिप एक आपसमा ठक्कर खाँदा २० जना घाइते भएका छन् ।
पृथ्बी राजमार्ग अन्तर्गत तनहुँ जिल्ला म्याग्दे गाउँपालिका वडा नं -३ धयरे भन्ने स्थानमा पोखराबाट काठमाण्डौ जाँदै गरेको ग १ य १०४८ नम्बरको स्कारपियो जिप र काठमाण्डौ बाट पोखरा तर्फ आउंदै गरेको बा ३ ख १०५९ नम्बरको माइक्रो हाइस एकआपसमा ठक्कर खाँदा दुवै सवारीका चालक सहित २० यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
तीब्र गतिमा रहेको माइक्रोले रङ ‘वे’ मा गएर जिपलाई ठक्कर दिएको घाइतेहरुले बताएका छन् । घाइते सबैलाई उपचारका लागि पोखरा ल्याइएको छ । भने, घटनास्थलमा खटिएको प्रहारिको टोलीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Related