जुनसुकै अवस्थामा निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल पुरा गर्छाै: मन्त्री अधिकारी
तपाईको प्रतिक्रिया





शु्भेच्छा न्यूज संम्वाददाता
पोखरा। संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीले निजगढ विमानस्थल जुनसुकै अवस्थामा पनि निर्माण गरेरै छाडने दावी गर्नुभएको छ ।
शुक्रवार नेपाल इन्जिनियर्स एशोसिएनद्धारा निजगठ बिमानस्थलको बिषयमा आयोजित पुर्वाधार बहस कार्यक्रमा वोल्दै पर्यटन मन्त्री अधिकारीले सरकारले पोखरा र भैरहवा विमानस्थललाई भन्दा बढी प्राथमिकता दिएकाले पनि विमानस्थल निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्नु भयो । मन्त्री अधिकारीले विमानस्थल बनाउन नदिन चलखेल भएको उल्लेख गर्दै निर्माण कार्यमा केही ढिलाई भएको स्वीकार गनुभयो ।
उहाँले विमानस्थलको काम तीन महिना भित्रमा सुरु भइसक्ने जानकारी दिनुभएको छ । अवको अन्तराष्ट्रिय विमानस्थल भनेकै निजगढ विमानस्थल हो भन्दै कसैको आवरोधले निर्माण कार्य नरोकिने स्पस्ट पार्नुभएको हो ।
मुख्य पूर्वाधारलाई रोकेर कुनैपनि काम गर्न नसकिने उल्लेख गर्दै निजगढ बनाउन सकिदैन भन्नेहरुलाई विमानस्थल बनाएरे देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
Related