• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीलाई अनेरास्ववियुको एक्येबद्धता

  •      /२८ माघ २०७५, सोमबार १५:१० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संवाददाता
    पोखरा /अवैधानिक तवरले सरकारले तोके भन्दा बढि शुल्क लिएको भन्दै गण्डकी मेडिकल कलेजका विद्यार्थीले विगत ११ दिनदेखि थालेको आन्दोलनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले एक्येबद्धता जनाएको छ ।

    पटकपटक कलेज प्रशासनसँगको वार्ता विफल भएपछि गत आइतबारबाट कलेजको शिक्षण अस्पताल प्राङ्गगणमा रिले अनसन बसेका विद्यार्थीको मागलाई तत्काल पूरा गर्न ध्यानाकर्षण गराउँदै अनेरास्ववियुले सोमबार विज्ञप्ती जारी गर्दै एक्येबद्धता जनाएको हो ।

    ‘शान्तिपूर्ण तरिकाले विद्यार्थीले उठाएका मागलाई कलेज प्रशासनले वेवास्ता गर्न मिल्दैन,’ अनेरास्ववियु क्याम्पस जिल्ला कमिटीका अध्यक्ष विवेक देवकोटाले भने, ‘राज्यले तोकेको मापदण्ड विपरित मनोमानी तवरले कलेजले विद्यार्थीबाट शुल्क लिन पाइदैन ।’

    विद्यार्थीका जायज मागलाई वार्ताको माध्यमबाट सम्बोधन गर्नुको साटो उल्टै पीडा थप्ने गरी कलेजले नै अनसन बस्न बाध्य पारेको अध्यक्ष देवकोटाको भनाई छ । ‘कलेज प्रशासनका यस्ता हर्कत अनेरास्वयिुका लागि स्वीकार योग्य हुने छैनन् ।

    त्यसो त छिटो भन्दा छिटो आन्दोलनरत विद्यार्थीहरुको माग जस्ताको त्यस्तै पुरा गर्न अनुरोध गर्दछौं । यदि फेरी पनि विद्यार्थीहरुका उक्त मागहरुप्रति कलेज प्रशासनले नजरअन्दाज गरेमा अनेरास्ववियु सिंगै आन्दोलनमा समाहित हुन बाध्य हुनेछ,’ विज्ञप्तीमा भनिएको छ ।

    कलेजले सञ्चालन गर्दै आइरहेका एमबिबिएस, बिडिएस, नर्सिङ लगायतका शैक्षिक कार्यक्रममा सरकारले तोकेको भन्दा प्रति विद्यार्थीबाट ७५ हजारदेखि १ लाख ५० हजारसम्म बढि असुलेको आरोप सहित गएको माघ १७ गतेबाट पठनपाठन नै ठप्प हुने गरी विद्यार्थी आन्दोलित छन् ।

    माघ २२ गतेबाट कलेजले सञ्चालन गरिरहेको पृथ्वीचोक स्थित हस्टिपलको बहिरंग सेवा (ओपिडी)मा समेत आन्दोलित विद्यार्थीले तालाबन्दी गर्दा उपचार सेवा प्रभावित भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.