अपहरणमा परेकी बालिकाको दुई घन्टामै उद्धार, अपहरणकारी पक्राउ
/२८ माघ २०७५, सोमबार १२:५४ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा ।दाङमा अपहरित ३ वर्षीया बालिकाको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको टोलीले दाङको साविक राँचुली गाविस–४ कालिकोट घर भई घोराही उपमहानगरपालिका–१५ स्थित कपासीमा डेरा गरी बस्ने २२ वर्षीया अस्मिता शाहीकी ३ वर्षीया छोरीको उद्धार गरेको हो ।
अपहरण भएको दुई घन्टामै उद्धार गरेको दाङ प्रहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) राम प्रसाद घर्ती मगरले जानकारी दिए । प्रहरीले घोराही उपमहानगरपालिका–१५ स्थित रतनपुर चोकबाट बालिकाको उद्धार गरेको हो ।
अपहरणमा संलग्न घोराही उपमहानगरपालिका–९ ढिकपुरका २८ वर्षीय प्रयास चौधरी पक्राउ परेका छन् ।

Related