साढे दुई करोड धरौटीमा रिहा भए आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्का
/२९ माघ २०७५, मंगलवार १३:४२ , प्रकाशीत
शुभेच्छा न्यूज संवाददाता
काठमाडौँ : आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का धरौटीमा रिहा भएका छन्। विशेष अदालतबाट मंगलबार २ करोड ५० लाख रुपैयाँको बैँक ग्यारेन्टी नेपाल इन्भेष्टमेन्ट बैँक बसिदिएपछि उनी छुटेका हुन्।
विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र सदस्यहरु नारायणप्रसाद पोखरेल र प्रमोदकुमार श्रेष्ठको इजलासले धरौटीमा छोड्न आदेश दिएको थियो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्का विरुद्ध १८ करोड रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो
आयोगले अन्य ब्यक्तिको नाममा लुकाइराखेको ७ करोडभन्दा बढीको सम्पत्ति समेत जफतको माग दाबी गरेको थियो। अख्तियारको अनुसन्धानमा पुर्ख्यौली घर बाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको समेत भेटिएको दावी गरिएको छ।
२ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको समेत अख्तियारले फेला पारेको थियो।

Related