पोखराको अर्मलामा आयोजित पर्वतीय दौडमा गोरखाका बानिया प्रथम
/२९ माघ २०७५, मंगलवार ०५:०२ , प्रकाशीत
शुभेच्छा न्यूज संवाददाता
पोखरा । पोखरा महानगरपालिका १६ अर्मलामा सम्पन्न छैटौ संस्करणको पर्वतीय दौडमा गोर्खाका कल्याण बानिया प्रथम भएका छन् । १० किलो मिटरको दौड प्रतियोगितामा बाँनियाले ४४.१७ मिनेटमा तोकीएको दुरी पार गरी मेडल र प्रमाणपत्र सहित नगद १५ हजार पुरस्कार हातपारेका हुन्।
यसै गरि ओखलढुँङाका सुवास कार्कीले उक्त दुरी ४४.३८ मिनेटमा पुरा गरी दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । उनले प्रमाणपत्र र मेडल सहित नगद १० हजार पुरस्कार हातपारेका छन। त्यसैगरी प्रतियोगितामा रुकुमका राज बुढाले तृतियस्थान हासिल गरे।उनले ४४.५६ मिनेटमा तोकीएको दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएका हुन्। बुढाले नगद ५ हजार सहित मेडल र प्रमाणपत्र पाएका छन् ।
श्रीपंचमीका अबसरमा अर्मलामा आयोजित विशेष मेला तथा खेलकुद प्रतियोगितामा पुरुष भलिबल तर्फ लेब्री परिवार प्रथम भएको स्थानीय दुर्गा यूबा क्लबका सचिब अन्तिम गुरुङले जानकारी दिए।
सो प्रतियोगितामा प्रथम हुने लेब्री परिवारले नगद ५० हजार सहित रनिङ कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि पोखरा भलिबल ट्रेनिङ सेन्टरले दोश्रो स्थान हासिल गर्दै नगद २५ हजारसहित मेडल, कप र प्रमाणपत्र प्राप्त गरेको छ ।
विजयी टिम तथा खेलाडीलाई गण्डकी प्रदेश सांसद द्वय कृष्ण थापा र सांसद मिना गुरुङले नगद, मेडल र प्रमाणपत्र वितरण गरेक थिए ।

Related