शुभेच्छा न्यूज संवाददाता
पोखरा । पोखरा लेकसाइड स्थित हल्लनचोक चिल्लीबार रेष्टुरेन्ट नजिकै एक किशोरको घाँटी रेटेर हत्या गरिएको छ। पाल्पा घर भई हाल लेकसाइड बस्दैँ आएका १४ वर्षीय सचिन सिंजालीको हत्या भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख तथा डिएसपी नवीन कार्कीले बताए ।
घटनाको प्रकृति हेर्दा सचिन सुतिरहेकै अवस्थामा कसैले घाँटी रेटेको हुन सक्ने प्रहरीको आंशका गरिएको छ। तर, के कारणले हत्या भएको हो भन्ने वारे आवस्यक अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।
हल्लनचोकको चिल्लिवार रेस्टुरेन्ट अगाडि निर्माणाधीन भवनको भुइँ तलामा सडक बालबालिकाहरु सुत्ने गरेको उल्लेख गर्दै डिएसपी कार्कीले बालकको सुतिरहेको अवस्थामा हत्या भएको हुनसक्ने बताए ।
घटना रातिको समयमा घटेको र आफुहरुले राति २:३० बजे घटनास्थलमा आएर अनुसन्धान थालेको बताउदै एक जना संकास्पद व्यक्तिलाई नियन्त्रमा लिएको डिएसपी कार्कीले बताए ।

Related