• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पृथ्बीचोकमा मध्यरातमा ठडियो लखनथापाको पूर्णकदको शालिक

  •      /१ फाल्गुन २०७५, बुधबार ०८:३१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संवाददाता
    पोखरा ।पोखराको पृथ्वीचोकमा लखन थापाको अर्धकदको शालिक हटाएर रातारात पूर्ण कदको शालिक राखिएको छ। मंगलबार राति नौं बजेतिरको समयमा तीन दर्जन बढीको संख्यामा आएका समूहले शालिक ठडाएका थिए।

    केही बर्ष पहिले पृथ्बीनारायण शाहको शालिक हटाएर त्यहाँ लखान थापाको पूर्णकदकै शालिक राखिएको थियो।पोखरामा बढ्दो सवारी चाप र ट्राफिक जामलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले आईल्याण्ड हटाउने अभियान चलाएपछि गतबर्ष शालिक भत्काइएको थियो।

    पछि केही जातिय समुदायको विरोध र आन्दोलनका कारण महानगरकै स्विकृतिमा त्यहाँ १८ लाखको लागतमा अर्धकदको शालिक राखिएको थियो। महानगरपालिकाले कुनैपनि हालतमा पोखराका मुख्यचोकहरुमा शालिक राख्न नदिने र छिट्टै कुनै स्थानमा पार्क बनाएर सबै शालिकहरु एकै ठाउँमा राख्ने अड्डी लिएपछि त्याहाँ अर्धकदको शालिक राखिएको थियो। तर अहिले महानगरकै मौनस्विकृतिमा पुन सोही ठाउँमा पूर्ण कदकै शालिक राखिएको हो ।

    केही समयअघि अमरसिंह चोकमा रहेको अमरसिंह थापाको शालिक पनि पूरानै अवस्थामा ठड्याईएको थियो । तर जीरो किलोमिटरमा रहेको योगेन्द्रमान शेरचनको शालिक भने त्यहाँबाट विस्थापन गरिएको छ ।

    महानगरले अहिलेसम्म पृथ्वीचोक, अमरसिंहचोक, विरौटाचोक, मुस्ताङचोक, हरिचोक लगायतका ठाउँमा आईल्याण्ड घटाएको छ । त्यहाँ रहेका सबै शालिकलाई पार्कमा ब्यवस्थित गर्ने महानगरको योजनाले तहिएको अनुमान पोखरेलीले गर्न थालेका छन्।

    जनयुद्धताका पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक तत्कालीन वाईसिएलले तोडिदिएका थिए। त्यसपछि सो स्थानमा लखन थापाको शालिक राखेर लखनचोक नामाकरण गरिएको थियो।

    लामो समयदेखि त्यस स्थानमा पृथ्बीनारायण शाहको शालिक राखिएकाले शाहकै शालिक राख्नुपर्ने गर्दै राप्रपा लगायतका दलहरुले माग गर्दै आएको छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.