शुभेच्छा न्यूज संवाददाता
पोखरा । बैंक तथा वित्तीय संस्थाहरूले एकतर्फी व्याजदर वृद्धि गरेको भन्दै यातायात व्यवसायी आन्दोलित भएका छन् । गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराले मंगलबार पत्रकार सम्मेलन गरि बढ्दो व्याजदर तत्काल घटाउन माग गरेको छ ।
बढेको व्याजदरले लगानीका लागि निजी क्षेत्रलाई निरूत्साहित गरेको समितिका अध्यक्ष केदार पौडेलले बताए । ‘बैक तथा बित्तीय संस्थाहरुको आफुखुशी मनलाग्दो ब्याज बृद्धीले समग्र ब्यवसायीक क्षेत्र नै धरासायी भएको छ’ उनले भने। ‘ब्यवसायीसंग बैक तथा बित्तीय संस्थले ऋण लिदा एक किसिमको सहमती गर्ने अनि पछि आफुखुशी मनलाग्दो ब्याज बृद्धी गर्दै आएका छन्।’
अध्यक्ष पौडेलले अस्वाभाबिकरुपमा आफुखुशी बित्तीय संस्थाले गरेको ब्याज बृद्धीले ब्यवसाय नै धरापमा परेको दावी गरे। यदी यस्तै अवस्था रहीरहने हो भने ब्यासायीसंग चर्को आन्दोलनको बिकल्प नभएको बताए। ‘नियमित जस्तो हुने ब्याज बृद्धीले ढाडनै सेकियो’,उनले भने। ‘अब, पनि ब्याज बृद्धी नरोकिने हो भने ब्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आइसक्योे ।’
बढेको व्याजदर नघटाए थप आन्दोलन मा उत्रने वरिष्ठ उपाध्यक्ष योगेन्द्र केसीले बताए । ‘बैक तथा बित्तीय संस्थाहरुले अफुखुशी ब्याज बृद्धी गर्दा ब्यावसायी प्रताडित भएका छन’ उनले भने। ‘कर्जा लिदा एउटा सहमति गर्छन अनिपछि आफुखुशी ब्याज बृद्धी गर्छ।
उपाध्यक्ष केसीले ब्यवसायीले एकरुपैयाँ बढी भाडालिनेहो भने राज्यले कालाबजारी ऐन लगाएर कारवाही गर्छ तर, बित्तीय संस्थाले मनलाग्दो आफुखुशी ब्याज अशुल्दा समेत राज्य निरिह भएकोमा गुनासो गरे।
बित्तीय संस्थाको व्याजदर वृद्धिका कारण गत वर्षदेखि नै यातायात क्षेत्रमा लगानी शून्य देखिएको महासचिव अमृत तिमिल्सिनाले बताए ।

Related