गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा सरकारले बाँड्यो ७९ लाख आर्थिक सहयोग
/१ फाल्गुन २०७५, बुधबार ०८:५४ , प्रकाशीत
शुभेच्छा न्यूज संवाददाता कास्की । गण्डकी प्रदेश सरकारले थापना दिवसको अवसरम प्रदेश भित्रका विभिन्न संघ संस्था र ब्यक्तिहरुलाई करिब १ करोड रुपैयाँ आर्थिक सहयो गर्ने निणर्य गरेको छ ।
सरकारले पोखरामा आयोजना गर्ने नेपाल पत्रकार महासंघको विधान अधिवेशनको लागि आर्थिक सहयोग गर्नेदेखि दिवंगत भएका गण्डकी प्रदेश सभा सदस्य स्व. टेकबहादुर घर्तीमगरको परिवार सहित लाई आर्थिक सहयोग गर्ने गरी ७९ लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले जानकारी दिए।
सबैभन्दा धेरै नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशनलाई २३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ। त्यसैगरी पोखरा थिएटरलाई १५ लाख, पर्यटकीय क्षेत्र गजेन्द्र मोक्ष धामलाई १० लाख,सहारा एकेडेमी, म्याराथुन दौड र गण्डकी बहिरा संघलाई २–२ लाख र दृष्टिविहीन क्रिकेट खेलाडीलाई सम्मान गर्न ५ लाख रुपैयाँ दिने निर्णय भएको मन्त्री चुमानले बताए।
२ महिना अघि निधन भएका प्रदेशसभाका सांसद टेकबहादुर घर्तीमगरको परिवारलाई पनि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको उनले बताए । घर्तीको मंसिर अन्तिम साता जण्डिसका कारण भारतमा उपचारकै क्रममा मृत्यु भएको हो ।
त्यसैगरी सरकारले नीति तथा योजना आयोगमा रिक्त रहेको महिला सदस्यको पदमा नवलपुर गैडाकोट ८ निवासी डा. भीमा ढुगांनालाई नियुक्त गरेको छ। त्यसैगरी प्रदेश स्थापना दिवसको अवसरमा पुरस्कृत गरिने कर्मचारीहरुको छनोटका लागि प्रमुख सचिव लक्ष्मीराम पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ ।
मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हलुका सवारी चालक पदमा ३ जनालाई करारमा लिने निर्णय भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले पेश गरेको बहुवर्षीय ठेक्का निर्देशिका पारित भएको छ ।
त्यसैगरी उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले पेश गरेको विज्ञान प्रविधि प्रतिष्ठान विधेयक, २०७५ का लागि प्रदेश सभामा लैजान सैद्धान्तिक सहमति दिने निर्णय गरिएको छ ।
उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले पेश गरेको औद्योगिक ग्राम सम्बन्धि मापदण्ड एवं स्थापना तथा विकास कार्यविधि, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार सुनिश्चित गर्न बनेको विधेयकलाई सैद्धान्तिक सहमति दिइएको छ ।
त्यसैगरी जिल्ला जन स्वास्थ्य कार्यालय संघीय सरकार मार्फत प्रदेश सरकारलाई हस्तान्तरण भइसकेकोले ११ वटै जिल्लामा प्रदेश मातहतका स्वास्थ्य कार्यालय स्थापना गर्ने, गर्भवती तथा सुत्केरी महिलाको जटिलता व्यवस्थापनको लागि सुविधा सम्पन्न अस्पतालमा पु¥याउने इयर लिफ्टिङ कार्यविधि, २०७५ पारित भएको छ ।
समितिको सिफारिसमा प्रदेश सरकारले हेलिकोप्टर मार्फत उद्धार गरी अस्पतालसम्म पु¥याउने निशुल्क सेवा यस कार्यविधिमा उल्लेख छ।
शुभेच्छा न्यूज संवाददाता
कास्की । गण्डकी प्रदेश सरकारले थापना दिवसको अवसरम प्रदेश भित्रका विभिन्न संघ संस्था र ब्यक्तिहरुलाई करिब १ करोड रुपैयाँ आर्थिक सहयो गर्ने निणर्य गरेको छ ।

Related