के तपाई पनि स्यान्ट्रो’ गाडी चढ्ने सोचमा हुनुहुन्छ ? अब नेपालमै किन्न पाइन्छ हेर्नोस बिषेशता
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संवाददाता
पोखरा । हुण्डाईले ‘दि अल न्यू स्यान्ट्रो’ नेपालमा ल्याएको छ । हुण्डाईको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालको उत्कृष्ट फेमिली ह्याचब्याक गाडीको नयाँ भर्सन नेपाली बजारमा भित्र्याएको हो ।
हुण्डाई मोटर्स र लक्ष्मी इन्टरकन्टिनेन्टलको १० वर्षको साझेदारीको उपलक्ष्यमा आयोजना गरिएको एक कार्यक्रममा नयाँ स्यान्ट्रो सार्वजनिक गरिएको हो ।
बजारको बदलिँदो मागलाई ध्यानमा राखी मोडर्न र स्टाइलिस डिजाइन, आरामदायी र प्रिमियम क्याबिन, नयाँ युगको प्रविधि, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट पर्फर्मेन्सका साथ नयाँ स्यान्ट्रो पुनः नेपाली बजारमा भित्रिएको कम्पनीले जनाएको छ ।
नयाँ स्यान्ट्रो गाडीको अनावरण कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रुपेश शर्मा भट्टले नेपाली परिवारले सबैभन्दा बढी रुचाएको ह्याचब्याक गाडी, स्यान्ट्रोलाई पुनःनयाँ र परिमार्जित संस्करणका साथ नेपाली बजारमा भित्र्याउन सफल भएकोमा कम्पनी खुसी भएको बताए । यो नयाँ र आधुनिक स्यान्ट्रोले पनि ग्राहकहरुको मन जित्न सफल भई ग्राहकहरुको बदलिँदो मागलाई पुरा गर्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको उनले बताए ।
केके छन् विशेषता ?
नयाँ स्यान्ट्रोले पुरानो स्यान्ट्रोले भन्दा बढी क्याबिन स्पेस प्रदान गर्नुका साथै अन्य धेरै प्रिमियम विशेषताहरु ल्याएको छ । जसअन्तर्गत १७.६४ सेमी स्मार्ट फोन कनेक्टिभिटी तथा भ्वाइस रिकग्निसन जडित अडियो भिडियो प्रणालीे, रियर पार्किङ क्यामेरा, स्टेरिङ माउन्टेड कन्ट्रोल अडियो तथा ब्लुटुथ कन्ट्रोल र रियर एसी भ्यान्स रहेको छ ।
नयाँ स्यान्ट्रोमा रहेको नयाँ १.१ लिटर, ४– सिलिन्डर पेट्रोल इन्जिनले ६९ पीएस पावर र १०.१ केजीएमको टर्क प्रदान गर्नेछ । सुरक्षामा स्यान्ट्रोले कुनै चुक गरेको छैन । यसमा एन्टिलक ब्रेकिङ सिस्टमदेखि इलेक्ट्रोनिक ब्रेक फोर्स वितरण र दोहोरो फ्रन्ट एयर ब्याग रहेका छन् ।
नयाँ स्यान्ट्रोको सुरुवाती बजार मूल्य २४ लाख ९६ हजार रुपैयाँ तय गरिएको कम्पनीले जनाएको छ ।
Related