• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पशुपति शर्माको गीतमा वाइडवडी जहाजदेखि सुनकाण्डसम्मका कुरा [भिडियोसहित]

  •      /३ फाल्गुन २०७५, शुक्रबार १५:०५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संवाददाता

    काठमाडौं– डिग्री पढेका युवाको हातमा जागिर छैन । काम पाइहाले पनि हातमुख जोर्नै धौधौ छ । साहुले काम गरेको पनि तलब दिँदैनन् ।

    यता सरकारी शिक्षकका छोराछोरी बोर्डिङमा पढिरहेका छन् । सरकारी कोटामा जागिर खाएका डाक्टरहरु बिरामीलाई क्लिनिकतिर तानिरहेका छन् । सुब्बामा जागिर खाएकोले २ वर्षमै घर ठड्याएका छन्

    यस्तै परिवेशमा रहेर लोकदोहोरी गायक पशुपति शर्माले व्यङ्ग्यात्मक गीत ‘लुटन् सके लुट, नेपालमै हो छुट’बोलको गीत सार्वजनिक गरेका छन् । देशको समसामयिक परिस्थितीलाई टपक्कै टिपेर गीतमा उतार्न माहिर पशुपतिले बिहीवार मात्रै आफ्नै शब्द, संगीत तथा स्वरमा यो गीत ल्याएका हुन् ।

    गीतमा पशुपतिले वाइडवडी जहाजमा भएको भ्रष्टाचारको कुरादेखि सुनकाण्डसम्मका कुरालाई व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गरेका छन् ।

    पशुपतिले गीतमार्फत् यसरी व्यङ्ग्य गरेका छन्:

    वाइडवडी जहाज किने अरे लुटनुसम्म लुटे,

    सुनकाण्ड खोई कहाँ पुग्यो ? जेलमै छन् कि छुटे ?

    लुटन सके लुट कान्छा अरु देशमा पाइँदैन, नेपालमै हो छुट ।

    त्यस्तै पशुपतिले सडकमा ट्राफिक लाइट अस्तव्यस्त रहेकोदेखि टेण्डर लिएर बीचमै काम छाड्ने ठेकेदारलाई पनि गीतमार्फत् व्यङ्ग्य गरेका छन् ।

    नेताहरुले ठूलाठूला कुरा गर्ने काम नगर्ने गर्दा देशको विकास हुन् नसकेको गीतमा उतारिएको छ । भिडियोमा पशुपति शर्मा, मञ्जु विक, प्रज्वल भण्डारी लगायतको अभिनय रहेको छ । दुर्गा पौडेलको छायाङ्कन तथा निर्देशनमा बनेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

    sore lokanter.com

    हेर्नुहोस् भिडियो:

    फागुन ३, २०७५ मा प्रकाशित

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.