ताप्लेजुङमा दम्पतीको हत्यागरी भागेका हत्यारा ९ बषपछि पोखराबाट पक्राउ
/४ फाल्गुन २०७५, शनिबार १३:४५ , प्रकाशीत
शुभेच्छा न्यूज संवाददाता पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ। करिब ९ बर्ष अघि ताप्लेजुङका होटल ब्यावसायी दिलबहादुर र उनकी श्रीमतीको हत्या गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
२०६६ साल वैशाख ५ ताप्लेजुङका होटल ब्याबसायी दम्पतीको हत्या गरी फरार रहेको आरोपमा सपुतमान लिम्बु र चन्द्र कामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एसपी ओम रानाले बताए ।
प्रमुख एसपी रानाको अनुसार ताप्लेजुङका सपुतमान लिम्बुले होटल ब्यववसायी दिलबहादुर र उनकी श्रीमतीलाई चक्कु प्रहार गरेर हत्या गरेका थिए ।‘अभियुक्तले बयानको क्रममा श्रीमान श्रीमतीलाई पेटमा चक्कु प्रहार गरेर हत्या गरेको स्विकारेका छन,’ एसपी रानाले भने।‘मेला हेरेर फर्कदा ताप्लेजुङको कोप्चे भन्ने ठाउँमा एक होटलमा विवाद भएपछि होटेल सञ्चालक दिलबहादुर र उनको श्रीमतीलाई लिम्बुले हत्या गरी फरार भएका रहेछ।’
लिम्बुले चक्कु हानेर ब्यावसायीको हत्या गरे लगत्तै प्रहरी प्रशासनलाई छलेर फरार भएका थिए । फरार भएको नौं बर्षपछि उनी कास्कीबाट पक्राउ गरेका छन्। चन्द्र कामी भने उनको सहयोगीको रुपमा पक्राउ परेका हुन् ।
कास्की प्रहरीले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
शुभेच्छा न्यूज संवाददाता
पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ। करिब ९ बर्ष अघि ताप्लेजुङका होटल ब्यावसायी दिलबहादुर र उनकी श्रीमतीको हत्या गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

Related