• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेश स्तरिय छनौंट जारी, विभिन्न खेलमा पदक हातपारे खेलाडीले

  •      /४ फाल्गुन २०७५, शनिबार १४:५९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संवाददाता
    पोखरा  । प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारीछ।दोश्रो दिनको छनोट अन्र्तगत एथलेटिक्स ४०० मिटर पुरुषमा तनहुँका दान बहादुर बराल मगरले ५४ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेका छन । नवलपुरका समिर महतोले ५४ सेकेण्ड र म्याग्दीका इश्वर सेन्चिुरीले ५७.१६ सेकेण्डमा दुरी पार गर्दै क्रमश रजत र काश्य पदक जिते ।

    महिला ४०० मिटरमा नवलपुरकी कल्पना श्रेष्ठले १ मिनेट ६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितिन भने कास्कीकी अनिशा भण्डारीले १ मिनेट १३.२० सेकेण्ड र गोर्खाकी शुष्मिता काराखेतीले १ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै क्रमश रजत र काश्य पदक हात पारे ।

    यसै गरि पुरुष ज्याभलिन थ्रोमा गोर्खाका निशाना गुरुङले ४०.९७ मिटरको दुरी पार गराउँदै स्वर्ण जितेका छन । स्याङजाका चित्र बहादुरले ४०.७४ मिटर र नवलपुरका निरज महतोले ३९.८० मिटरको दुरी पार गराउँदै क्रमश रजत र काश्य पदक हात पारे ।

    महिला ज्याभलिनमा तनहुँकी सुमित्रा थापाले स्वर्ण जितेकी छन । उनले २८.९० मिटरको दुरी पार गराईन । कास्कीकी सोनु नेपालीले २६.९७ मिटर र गोर्खाकी सविता तामाङले २२.९१ मिटरको दुरी पारा गराउँदै क्रमश रजत र काश्य पदक जिते ।

    सम्पन्न ८०० मिटर पुरुष दौडमा लमजुङका शुजन बिकले २ मिनेट १५.२१ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जिते । यसैगरि मनाङका प्रकाश गुरुङ २ मिनेट १६.३१ सेकेण्डमा दुरी पार गर्दै रजत र गोर्खाका आर्यान बस्नेतले २ मिनेट १८. १८ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जिते ।

    महिला ८०० मिटर दौडमा कास्कीकी ललिता लामिछानेले २ मिनेट ४५.३० सेकेण्डमा दुरी पारगर्दै स्वर्ण, स्याङजाकी जानकी खनालले २ मिनेट ५१.५० सेकेण्डमा दुरी पार गर्दै रजत र नवलपुरकी मालती चौधरीले २ मिनेट ५४.९० सेकेण्डमा दुरी पार गर्दै काश्य पदक हात पारेका छन ।

    यसै गरि पुरुष टेबल टेनिस पुरुष एकल तर्फ कास्कीका शंकर धितालले स्वर्ण जितेका छन भने बागलुङ शुजन कुवंरले रजत, बागलुङका समर केसी र कास्कीका अनुश कुवर तथा कास्कीका सुमेश लामाले काश्य पदक हात पारे ।

    महिला टेबुल टेनिस तर्फ कास्कीकी मुना थापाले स्वर्ण, कास्कीकी पार्वती श्रेष्ठले रजत, नवलपुरकी प्रमिशा न्यौपाने, कास्कीकी सुजाता पौडेल र कास्कीकी ज्योती गुरुङले काश्य पदक जितेका छन ।

    लङजम्प तर्फ लमजुङका जयन्द्र गुरुङले स्वर्ण पदक जितेका छन । उनले ६.१७ मिटर जम्प गरेका थिए । म्याग्दीका इश्वर सेन्चिुरीले ५.८९ मिटर र कास्की अमृत कुवरले ५.७६ मिटर जम्प गर्दै क्रमश रजत र काश्य पदक जिते ।

    महिला तर्फ गोर्खाकी शविना परियारले स्वर्ण, लमजुङकी रजिना कुमालले रजत र लमजुङकी लक्ष्मी परियारले काश्य हात पारिन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.