अन्तराष्ट्रिय पोखरा म्याराथनमा ५ हजार पोखरेलीहरु सँगै दौडने
/५ फाल्गुन २०७५, आईतवार ०५:२७ , प्रकाशीत
शुभेच्छा न्यूज संवाददाता पोखरा। फागुन ७ गते आयोजना हुने १३ औं सफल अन्तर्रािष्ट्रय पोखरा म्याराथनमा ५ हजार पोखरेली सँगै दौडने मंचका अध्यक्ष तेज गुरुङले बताएका छन् ।
भूतपूर्व खेलाडी मंचका आयोजनामा हुने पोखरामा म्याराथनको सम्पूर्ण तयारीबारे आयोजना गरेको पत्रकार सम्मेलनमा गत संस्करणहरु भन्दा यस पटक सबैमा निकै उत्साह आउनेगरी कार्यक्रम अगाडि वढेको अध्यक्ष गुरुङले बताए ।
७ गते विहान ६ः३० वजे शुरु हुने पोखरा रंगशालामा गिनिज वुक्स अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल १३ औं पटकका सगरमाथा आरोही तेन्जिङ शेर्पा र माउन्ट किनाबुलु मलेशियामा १९९१, १९९२ र १९९३ मा कीर्तिमानधारी अन्तराष्ट्रिय धावक ले.कुशाङ गुरुङको उपस्थिति रहने अध्यक्ष गुरुङले जानकारी दिए ।
त्यसैगरि, नायिका तथा सगरमाथा आरोही रोजिता बुद्धाचार्य, सगरमाथा आरोही देउराली चाम्लिङ, अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारी, व्रेष्ट क्यान्सर विरुद्धकी अभियन्ता एवं पूर्व भलिबलका राष्ट्रिय खेलाडी मञ्जु गुरुङ, बोष्टनका याम पौडेल, पोखरेली मंच यूकेका अध्यक्ष मानप्रसाद गुरुङसमेत सहभागिताका लागि पोखरा आइसकेका छन् ।
पत्रकार सम्मेलनमा प्रतियोगिता सफल पार्न पोखरेली मञ्च युकेबाट ७ लाख ५० हजारको चेक पोखरेली मञ्चका तर्फबाट अध्यक्ष मानप्रसाद गुरुङले अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरेका छन ।
त्यसैगरि, अमेरिकास्थित बोष्टन र न्यू ह्याम्पशायरलाई आफ्नो कर्म क्षेत्र बनाएर बस्दै आएका नेपालीहरुले ३ लाख रुपैया सहयोग रकम याम पौडेलले अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेका थिए । यस्तै, हङकङबासी नेपालीहरुबाट ५ लाख ४७ हजार सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।
शुभेच्छा न्यूज संवाददाता
पोखरा। फागुन ७ गते आयोजना हुने १३ औं सफल अन्तर्रािष्ट्रय पोखरा म्याराथनमा ५ हजार पोखरेली सँगै दौडने मंचका अध्यक्ष तेज गुरुङले बताएका छन् ।

Related