• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

डाक्टर गोविन्द केसीद्धारा गण्डकी मेडिकल कलेज सञ्चालकलाई फौजदारी मुद्धा चलाउन माग

  •      /८ फाल्गुन २०७५, बुधबार १४:२९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूव संवाददाता 

    पोखरा । डा. गोविन्द केसीले १७ औँ अनसनको चेतावनी दिएका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै पटक–पटक सत्याग्रह गर्दै आइरहेका डा.केसीले बुधबार विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएका हुन् ।

    प्रबुद्ध नागरिकहरुको आग्रहमा १६ औं अनसनका कार्यक्रम केही समयलाई स्थगित गरेको बताउँदै उनले चिकित्सा शिक्षा विधेयकमा १५ औं सत्याग्रहको बेला भएको सम्झौता अनुसार नै अगाडि बढ्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

    केसीले १५ औँ सत्याग्रहमा सहमति गरिएका अन्य माग पनि अबिलम्ब कार्यान्यवन गर्न माग समेत गरेका छन् ।
    गण्डकी मेडिकल कलेज लगायत अन्य विभिन्न कलेजले विद्यार्थीहरुसँग चर्को अबैध शुल्क असुलेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको डा. केसीले बताएका छन् ।

    केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अबैध शुल्क उठाएको विषयमा विद्यार्थी आन्दोलनमा उत्रिँदा समेत नियमन निकायले ध्यान नदिनु दुर्भाग्यपूर्ण हो ।

    शुल्कको विषयमा हामीसँग सम्झौता भई नेपाल सरकारले तोकेको शुल्क भन्दा बढी शुल्क असुल गर्ने कलेज संचालकलाई फौजदारी मुद्दा चलाएर कडा कारवाही गर्न माग गर्दछौं । साथै हाल आन्दोलनरत विद्यार्थीको माग प्रति ऐक्यबद्धता जनाउँदै, उनीहरुको माग अविलम्ब पूरा गर्न जोडदार माग गर्दछौं ।’

    चिकित्सा क्षेत्रमा अनावश्यक चलखेल गरी २ वर्ष अगाडि नै महाभियोग लगाउन माग गरिएका अख्तियारका आयुक्त राजनारायण सिंह पाठकलाइ सो समयमा कारबाही नगरिएकाले हालको अवस्था आएको केसीको भनाई छ ।

    पाठकको घुस प्रकरण चार महिना अगाडि नै प्रधानमन्त्री खड्ग प्रसाद ओली स्वयमले थाहा पाएर गुपचूप रहनु गम्भीर विषय भएको उनको भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.