• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वीर अस्पतालको लिफ्ट चुडिँदा दुई कामदारको मृत्यु

  •      /१० फाल्गुन २०७५, शुक्रबार १२:१८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूव संवाददाता
    काठमाडौं । गए राति वीर अस्पतालको निर्माणाधिन भवनको लिफ्ट चुडिँदा दुईजना कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधरी र सोही जिल्लाका २० वर्षीय भूमिकुमार चौधरी रहेका छन् । अर्का एक कामदार गम्भीर घाइते भएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

    महाशाखाका अनुसार अस्पतालको नयाँ बनाइरहेको भवनमा सामान पुर्याउने क्रममा अचानक लिफ्ट चुडिँदा दुर्घटना हुन पुगेको हो । करिब साढे सात बजेको समयमा उक्त दुर्घटना भएको र टाउको र जीउमा गम्भीर चोट लागेका नवीनको ८ बजेर ५ मिनेट जाँदा र भूमिको १०ः४० मा मृत्यु भएको महाशाखाले जानकारी दिएको छ ।

    घाइतेको अवस्था पनि गम्भीर रहेको र उनी बोल्न नसक्ने हालतमा रहेको महाशाखाको भनाइ छ । घाइते हुनेमा २० वर्षीय शशिकानन्द चाैधरी रहेको ट्रमा सेन्टरका प्रमुख विनोद शेरचनले जानकारी दिए ।

    वीर अस्पतालको खरिद शाखाले भने सर्जिकल ब्लक बनाउँदा उक्त दुर्घटना भएको र जिम्मेवार ठेकेदार कम्पनी हुने बताएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.