• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अज्ञात समुहद्वारा लेखनाथको बडहरे डाँडामा रहेको एनसेलको टावरमा आगजनी

  •      /११ फाल्गुन २०७५, शनिबार ०४:४७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूव संवाददाता
    पोखरा । पोखरा महानगरपालिका २७ लेखनाथ स्थित बडहरेको डाँडामा रहेको एनसेल टावरमा अज्ञात समुहले शुक्रबार राती आगलागी गरेका छन् । पोखरा २७ डाँडाको नाकस्थित बडहरेमा रहेको एनसेलको टावरमा आगजनी हुँदा टावरमा पूर्ण क्षति पूगेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी रविन्द्र गुरुङले जानकारी दिए।

    शुक्रबार राति करीब १० बजेको समयमा एनसेल र नेपाल टेलिकमको टावर मध्ये एनसेलको टावरमा अज्ञात समुहले आगाजनी गरेका हुन्। टावरमा आगजनी भएपछि दमकल बोलाइएको थियो। तर, टावर माथि डाँडामा भएका कारण दमकलले आगो निभाउन नसक्दा टावर कामै नलाग्ने गरी ध्वस्त भएकोछ।

    राती १० बजे आगजनि गरिएपछि स्थानीय र डाँडाकोनाक प्रहरी चौकीको सक्रियतामा ११ बजे तिर मात्र आगो नियन्त्रणमा आएको थियो।आगजनिको सूचना पाएलगत्तै घट्नास्थल पुगेको प्रहरी टोली र स्थानीयको सहयोगमा छोटोसमयमै आगलागि नियन्त्रमा लिन सकिएको डिएसपी रविन्द्र गुरुङले बताए। ‘क्षतिको विवतरण आएको छैन ’उनले भने। ‘क्षतिको वारेमा विवरण तयार हुदै छ।’

    घटनालगत्तै जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख एसपी ओम राना सहितको टोली घट्नास्थनल पुगेको थियो। घट्नाका वारेमा आवस्यक अनुसन्धान भइरहेको डिएसपी गुरुङले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.