• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङजाको फेदिखोलामाक्षमता अभिवृद्धि तालिम

  •      /११ फाल्गुन २०७५, शनिबार १५:०३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संवाददाता
    स्याङ्जा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले स्याङजाको फेदिखोला गाउँपालिकामा क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले दुइ दिने तालिमको आयोजना गरेकोछ।

    मानवअधिकार निगरानी समुहका सदस्य तथा सरोकारवालाका लागि आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको हो।

    तालिमको समापनमा बोल्दै फेदिखोला गाउँपालिकाका उपाध्यक्ष देवी थापाले शिक्षा स्वास्थ्य र खाद्य लगायतका अधिकार प्रत्याभूतका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताइन् ।

    उनले आफुहरु मानवअधिकारको सवालमा इन्सेकसंग सदैव साझेदारी र सहकार्य गरेर अगाडी बढ्ने बताइन् ।कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यलयका निर्देशक दिपकजंगध्वज कार्कीले मानवअधिकार मैत्री समाज निर्माणमा तालिमले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

    फेदिखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत छत्रवहादुर अधिकारीले देशले राजनीतिक अधिकार प्राप्त गरेसंगै अव सुशासन र मानवअधिकार मैत्री वातावरणको आवश्यक रहेको बताए।

    इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले मानवअधिकार निगरानी समुहले सबै क्षेत्रसंग सहकार्य गर्दै गाउंपालिकालाई मानवअधिकार मैत्री बनाउन लाग्नूपर्ने कुरामा जोड दिए ।

    समापन कार्यक्रममा बोल्दै सहभागी भिम बिक र गंगा खत्रीले तालिम अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै सिकेका कुराहरुलाई व्यबहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.