शुभेच्छा न्यूव संवाददाता
ललितपुर: ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति भएको विस्फोटमा घाइते भएका लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको छ।
विस्फोटमा गम्भीर घाइते भएका उनलाई ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका मिडिया कोअर्डिनेटर मनिता पोखरेलले जानकारी दिइन्। विस्फोटमा परी तीन जना पैदल यात्रु घाइते भएका थिए।
अर्की गम्भीर घाइते काभ्रेकी २५ वर्षीया उरुषा मानन्धरलाई हाड जोर्नी विशेषज्ञले सर्जरी गरेको अस्पतालले जनाएको छ। यता अर्की घाइते बाग्डोलकी २६ वर्षीया प्रतिक्षा खड्काको उपचारमा मुटुरोग विशेषज्ञको टोली खटिएको छ।

Related