• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ओली सरकारले प्रेसस्वतन्त्रता बिरुद्ध अंकुश लगाउन खोज्दैछ ; सभापति देउवा

  •      /११ फाल्गुन २०७५, शनिबार १५:२६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संवाददाता
    पोखरा । नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरवहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाई ठूलाठूलो आसअश्वान र चिप्ला कुरा गरेर दिग्भ्रमित पार्नखोजेको आरोप लगाएका छन्।

    प्रेस युनियन कास्कीको नवौ जिल्ला अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै सभापति देउवाले केपी ओली नेतृत्वको सरकार हरेक क्षेत्रमा असफल भएको आरोप लगाए। ‘सरकारले ठूूलाठूला सपना देखाएर जनतालाई दिग्भ्रमित पारेको छ’ सभापति देउवाले भने। ‘सरकार हरेक क्षेत्रमा असफल सावित भइसकेकोछ ।आली सरकारले लोकतन्त्रको रक्षा समेत गर्न सकेन।’

    उनले सरकारले प्रेसलाई हस्तक्षप गर्ने गरि विध्येक ल्याउन लागेको भन्दै पत्रकारीलाई स्वतन्त्र रुपमा छाड्नु पर्ने बताए ।वर्तमान सरकारले विभिन्न वहानामा प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन सुरु गरेको उनको भनाई थियो । ‘लोकतन्त्र स्थापनामा प्रेसको भूमिका महत्वपूर्ण रहेका छ, लोकतन्त्रमा प्रेस स्वतन्त्र हुन्छ, काँग्रेस सधै प्रेस स्वतन्त्रताको पक्षमा उभिन्छ’, नेता देउवाले भने।—‘प्रेस र लोकतन्त्रवादी शक्तिहरु वर्तमान अवस्थामा पनि अधिकारका लागि एक हुनु पर्छ।’

    सरकार संविधान विपरित चल्न थाल्यो भने आमजनता लोकतन्त्रको पक्षमा लड्नु पर्ने अवस्था आउन सक्ने भन्दै नेता देउवाले सवैलाई सजग रहन आग्रह गरे।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं बरिष्ठ पत्रकार हरिहर विरहीले प्रेसलाई व्यवस्थित गर्ने नाउँमा प्रेस स्वतन्त्रतालाई नै कुण्ठित गर्ने काम बर्तमान सरकारले गरिरहेको बताए । सोही अवसर नेता देउवाले विधिन्न क्षेत्रबाट पत्रकारीमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.