१७ औं संस्करणको आहारारा गोल्कडप फुटबलमा अनिलको ह्याट्रिकसंगै थ्रीस्टार सेमिफाईनल प्रवेश
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संवाददाता
पोखरा । पोखरा रंगशालामा जारी १७ औं संस्करणको आहा रारा गोल्कडप फुटबल प्रतियोगितामा रुस्लान थ्री स्टार क्लबले भारतको सिक्किम युनाईटेडलाई हराउदै सेमीफाइनलमा प्रबेश गरेको छ। सक्किम युनाईटेडलाई ५–२ गोलको फराकिलो अन्तरले पराजित गर्दा अनिलले प्रतियोगिताको पहिलो ह्याट्रिक गरेका थिए ।
थ्रीस्टारका लागि खेलको २६ औ मिनेटमा अनिलले पहिलो गोल पेनाल्टी मार्फत गर्दै अग्रता लिएका थिए । शुशिल राईलाई पेनाल्टी बक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई अनिल गुरुङले सदुपयोग गर्दै पहिलो हाफमै अग्रता दिलाए।
अनिलले खेलको २४ औं मिनेटमा गोल गर्दै जारी सिजनमा थ्री स्टारका लागि पहिलो गोल गरेका हुन् । खेलको ५० औं मिनेटमा अनिलले क्रस गरेको बललाई सिक्किमका खेलाडीले क्लियर गर्न खोज्दा आत्मघाती गोल भएपछि थ्री स्टारले खेलमा २–० को अग्रता बनाएको थियो ।
अनिल गुरुङले मार्टिनलाई दिएको पासलाई सिक्किमका डिफेन्डरले क्लियर गर्न खोजेका थिए । तर गोलरक्षकलाई लाग्दै फर्किएको बल डिफेन्डर जिग्मी देर्जी भुटियालाई लाग्दै गोल हुन् पुग्यो । ७० औं मिनेटमा विपक्षी डिफेन्डरको गल्तीको फाइदा उठाउदै मार्टिनले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए ।
८१ औं मिनेटमा अनिलले व्यक्तिगत दोस्रो गरेपछि थ्री स्टारले ४–० को फराकिलो अग्रता बनाउन सफल भयो। सिक्किमका मोविन राईले अनिल गुरुङलाई लडाएपछि थ्री स्टारले पेनाल्टीको मौका पाएको थियो । जसलाई अनिल आफैले सदुपयोग गर्दै ८५ औं मिनेटमा ह्याट्रिक पुरा गरे ।
५–० ले पछि परेपछि सिक्किमले खेलको अन्तिम समयमा दुई गोल फर्काए पनि हार ब्याह्योर्न बाध्य भयो। अनिल खेलको म्यान अफ दि म्याच बन्दै नगद ५ हजार रुपैयाँ पुरस्कार समेत हातपारे ।
८९ औं मिनेटमा सिक्किमले सोनाम छिरिङ भुटिया गोल गर्दै थ्रीस्टारसँगको अन्तरलाई केही कम गरे । अतिरिक्त समयमा सिक्किमले पेनाल्टी पाए पछि छिरिङ लोप्चाले गोल गर्दै ५–२ गोल अन्तरमा खेल टुङगिएको छ।
आहा रारा गोल्डकपको अन्तिम क्र्वाटरफाईनल खेल भने क्यामरुनको डफिन्स फुटबल क्लब र नेपाल पुलिस क्लब बीच हुने छ ।
Related