• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्की काउरेको अमरेश्वर आश्राम धार्मिक रिसोर्टको रुपमा विकास हुंदै

  •      /१३ फाल्गुन २०७५, सोमबार १४:०७ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा । पोखरा महानगरपालिका भित्र रहेका अनेकौं धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व राख्ने स्थलहरु मध्ये महानगर भित्रकै वडा नं १९मा रहेको अमरेश्वर शिवालय मन्दिर तथा अमरेश्वर सन्यास आश्रम पनि एक हो । यो आश्रम धर्मानुरागिका लागि ध्यान केन्द्रका साथै धार्मिक रिसोर्ट वन्न सक्ने पुर्वाधारले सम्पन्न छ ।

    पोखरावाट करिव १३ किलोमिटर उत्तर पश्चिममा पुरन्चौर काउरेमा रहेको यो अमरेश्वर मन्दिर अमरेश्वर सामुदायिक वनको करिव ९० रोपनि क्षेत्रफल भित्र रहेको छ ।शिवालय मन्दिर गुफा संगै यहां सुविधा सम्पन्न आश्रम पनि निर्माण गरिएको छ ।

    विक्रम संम्वत १९६६ मा स्वर्गद्धारिका स्वामि शंकरानन्दले यो जंगल क्षेत्रमा अमरेश्वर मन्दिरको निर्माण गरेको आश्रम व्यवस्थापन समितीका अध्यक्ष नारायण अधिकारीको भनाइ छ ।

    शंकरा नन्द स्वामी ब्रम्हलिन भएपछि उनका चेला १००८ स्वामि रामानन्द गिरीले यो मन्दिर व्यवस्थापनको जिम्मा लिए र उनकै कार्यकालमा यो जंगल क्षेत्रमा भव्य र वैभवता युक्त आश्रम वने । २ करोड ५० लाखको लागतमा यहांको संरचना निर्माण भएको हो ।

    यतिवेला यो मन्दिर परिसर भित्र ६ वटा भवन, ३ वटा प्रवचन हल ,योगि हरुका लागि वस्ने गृह ,संगै १४ कोठाको सुविधा सम्पन्न एट्याच सहित वैड विस्तरा सहितका कोठा हरुको निर्माण गरिएको अध्यक्ष अधिकारीले बताए।

    १००८ स्वामि रामानन्द गिरी पनि व्रम्हलिन भइ सकेपछि यति वेला यो आश्रम र मन्दिरको पिठाधिसको रुपमा उनकै चेला १००८ स्वामि रमणानन्द गिरी रहेका छन ।

    अत्यन्तै शान्त र आनन्दीत यो आश्रम क्षेत्रमा चैत्र ,वैशाख तथा असारमा प्रवचन हुने हुनाले भक्तालुको अत्यधिक भीडभाड हुने गर्दछ भने अन्य समयमा पनि साधक तथा ध्यान योग गर्न यो आश्रममा नेपाल र भारतवाट भक्तजनहरु आएर हप्तौंसम्म वस्ने गर्दछन ।

    यस आश्रममा वस्नेहरुका लागि निशुल्क वस्न तथा शाकाहारी खानको व्यवस्था आश्रम व्यवस्थापन समितीका तर्फवाट मिलाइएको छ।प्रचार प्रसारको अभावमा ओझेल परेको यो अमरेश्वर मन्दिर तथा अमरेश्वर सन्यास आश्रम धार्मिक भक्तजन हरुका लागि राम्रै धार्मिक रिसोर्ट वन्न सक्ने हैसियत राख्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.