• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भारतले पाकिस्तानमा खसाल्यो हजार किलोग्रामको बम, दुवै तर्फको सेना युद्धको लागि तयार

  •      /१४ फाल्गुन २०७५, मंगलवार ०६:३८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संवाददाता
    काठमाडौं– पुलवामा आक्रमणलाई लिएर भारत र पाकिस्तानबीच तनाव बढेको छ । भारतीय हवाई सेनाले पाकिस्तानको खाइबरपख्तुनख्वास्थित बेलाकोटमा रहेका जैश–ए–मोहम्मद आतंकबादी समूहको तालिम केन्द्रलाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।

    पाकिस्तानी सेनाले भारतीय बायुसेनाले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको र पाकिस्तानी हवाई सेनाको जवाफी कार्वाहीपछि फर्कीएको जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्विट गर्दै मुजफ्फराबाद सेक्टरबाट भारतीय विमान सेनाको घुसपैठको कोशिस रोकेको जनाएका छन् ।

    भारतीय वायु सेनाले बिहान साँढे ३ बजे एकैसाथ १२ वटा ‘मिराज’ युद्धविमानबाट पाकिस्तानी आतंकवादीहरुको तालिम केन्द्रलाई लक्षित गर्दै १ हजार किलोग्रामभन्दा बढी बम खसालेको हो ।
    भारतीय सेनाले आफ्नो हवाई क्षेत्रको उल्लंघन गरेपछि त्यस्को प्रतिक्रियाबारे पाकिस्तानी उच्च सैन्य अधिकारीहरुबीच छलफल भइरहेको पाकिस्तनी सञ्चार माध्यमहरुले जनाएका छन् ।

    गत फ्रेबुअरी १४ मा पाकिस्तानमा रहेको आतंकवादी समूह जैश–ए–मोहम्मद आतंकबादी समुहले भारतको कश्मीरमा गराएको आत्माघाती आक्रमणमा ४० भन्दा बढी सुरक्षाकर्मी मारिएपछि बदलास्वरुप भारतले पाकिस्तानभित्रै सैन्य कारबाही गरेको हो

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.